क्रोएसियासँग पराजित हुँदै स्पेन अन्तिम १६ मा
![क्रोएसियासँग पराजित हुँदै स्पेन अन्तिम १६ मा](https://annapurnapost.prixacdn.net/media/albums/5769fd677e4797.76538483_WnWe72fWH6.jpg)
काठमाडौंः युरोकप फुटबल प्रतियोगिता अन्तरगत गएराति भएको खेलमा पूर्वविजेत स्पेनलाई क्रोएसियाले पराजित गरेको छ ।
समूह डी अन्तरगत समूह चरणको अन्तिम खेलमा क्रोएसियाले स्पेनलाई २–१ ले पराजित गर्दै समू बिजेता पनि बन्न सफल भएको छ ।
सातौ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै अग्रता दिलाएपनि क्रोएसियाले उत्कृष्ट पुनरागमन गरी जित निकालेको हो ।
स्पेनिस कप्तान सर्जियो रामोसले पेनाल्टी गुमाएको खेलमा क्रोएसियाका लागि निकोला कालिनिकले ४५ र इभान पेरिसिकले ८७ औं मिनेटमा गोल गरे ।
स्पेनका लागि सर्जियो रामोसले ७२ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् ।
यो जितपछि क्रोएसिया समूह डी मा ७ अंकसहित बिजेताकारुपमा युरोकपको अन्तिम १६ मा पुगेको छ । ६ अंक भएको स्पेन उपविजेता हुँदै अघि बढेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)