युरोकपको प्रिक्वार्टरमै स्पेन र इटालीको भिडन्त

युरोकपको प्रिक्वार्टरमै स्पेन र इटालीको भिडन्त

काठमाडौं: फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणका सबै खेले सकिएका छन् । गएरातिबाट समूह चरणका सबै खेल सकिएपछि समूहमा पहिलो र दोस्रो स्थानका उत्कृष्ट १२ र तेस्रो स्थानका उत्कृष्ट तेस्रो स्थानका टीमको पनि टुंगो लागेको छ ।

युरोपियन फुटबल एसोसिएसनका अनुसार समूह चरणको खेल सकिएपछि प्रिक्वार्टरमा प्रतिस्पर्धा गर्ने टीमको पनि टुंगो लागेको छ ।

युइएफएका अनुसार यो पटक पूर्वविजेता तथा समूह डी को दोस्रो स्थानको स्पेन र उपाधि दाबेदार तथा समूह ई को शीर्ष स्थानको इटालीबीच प्रिक्वार्टरमै प्रतिस्पर्धा हुने भएको छ ।

सोमबार राति यी दुई टीम भिड्दा एउटाले घर फर्किनुपर्नेछ भने एक टीम अघि बढ्नेछ ।

सोमबार राति नै हुने अर्को खेलमा समूह बी को दोस्रो स्थानको इङ्ल्यान्डले समूह एफ को उपविजेता आइस्ल्यान्डलाई प्रतिद्वन्द्वी पाउँदा समूह एफ को तेस्रो स्थानको पोर्चुगलले समूह डी को क्रोएसियासँग खेल्नुपर्ने भएको छ।

युइएफएका अनुसार समूह ए को उपविजेता स्वीटजरल्यान्ड र समूह सी को उपविजेता पोल्यान्ड प्रिक्वार्टरमा आमनेसामने हुनेछन् भने समूह बी को विजेता वेल्स र समूह सी को तेस्रो स्थानको नोर्दन आयरल्यान्डबीच प्रिक्वार्टरमै भेट हुने भएको छ ।

समूह ए को बिजेता आयोजक फ्रान्सले आइतबार राति हुने खेलका लागि समूह ई को तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको रिपब्लिक अफ आयरल्यान्डलाई प्रतिद्वन्द्वी पाएको छ।  

त्यसैगरी समूह सी को शीर्षस्थानमा रहेको विश्वविजेता जर्मनीले आइतबारै राति समूह बी को तेस्रो स्थानको स्लोभाकियाविरुद्ध प्रिक्वार्टरमा खेल्नेछ ।

समूह ई मा एक अंक जोड्दै घर फर्केको स्वीडेनलाई हराउँदै अघि बढेको सोही समूहो उपविजेता बेल्जियमले आइतबार राति समूह ई को विजेता ह‍ंगेरीसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.