काठमाडौं–विदुर सुरुङ मार्ग बनाउँछुः प्रधानमन्त्री

काठमाडौं–विदुर सुरुङ मार्ग बनाउँछुः प्रधानमन्त्री

भक्तपुरः प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ खनेर काठमाडौंबाट नुवाकोट सदरमुकाम विदुर आधा घन्टामै पुर्याउने बताएका छन् ।

वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत सूर्यविनायकको २ सय ४५ हेक्टर वन क्षेत्रमा बन्ने अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यानउक्त उद्यानको बिहीबार एक समारोहबीच शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई नयाँ युगमा प्रवेश गराउन काठमाडौं–विदुर सुरुङ मार्ग निर्माण प्रक्रिया अघि बढाएको बताएका हुन् ।

हाल नुवाकोटको सदरमुकाम विदुर पुग्न कम्तीमा तीन घन्टा लाग्छ । तर काठमाडौं–विदुर ४.१७५ किलोमिटर सुरुङ बनेपछि कम्तीमा आधा घन्टामा विदुर पुग्न सकिने प्रधानमन्त्रीको दावी थियो ।

उनले यो नयाँ सोच र प्रयोग सफल भएपछि अन्यत्र यस्तै प्रयोग गरिने बताए । ‘साधारण बाटोभन्दा सुरुङ मागै बनाउँदा धेरै गुणा खर्च लाग्छ तर धेरै गुणा बलियो पनि हुन्छ’, प्रम ओलीले भने, ‘सुरुङ बनाएपछि पहिरो पनि आउँदैन । भत्किन पनि पाउँदैन । यो धेरै वर्षसम्म टिक्छ ।’

उनले काठमाडौं–विदुर सुरुङ मार्ग बनाउन पनि धेरै लागे पनि यात्रा छोटिँदा हुने लगातारको बचतले धेरै लागत पनि कम हुने बताए ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उद्यान सञ्चालनमा आएसँगै भक्तपुरका धेरै क्षेत्रमा विकास ल्याउने दावी गरेका हुन् ।

‘प्राणी उद्यान सञ्चालनमा आएपछि यो हेर्न धेरै मान्छेहरु हेर्न आउनेछन्’, उनले थपे, ‘यहाँ आएपछि यहीं खाजा, खाना खानेछन्, आराम गर्ने छन् । यसले यहाँको गुणात्मक वृद्धि विकास हुनेछ । भक्तपुरको अन्य क्षेत्रमा समेत धेरै विकास ल्याउने निश्चित छ ।’

कला–संस्कृतिको जीवित संग्रहालय बन्दै आएको भक्तपुरमा प्राणी तथा वनस्पतिहरुको अर्को जीवित संग्रहालयसमेत थपिएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

यसरी मानव निर्मित र प्राकृतिक जीवित संग्रहालय भएको संसारमा अन्यत्र कतै नभएको दावी गर्दै उनले यी दुईको संगमले भक्तपुर सम्बृद्ध र विकसित हुने जिकिर गरे ।

‘भक्तपुरको एकातिर कला–संस्कृतिको जीवित संग्रहालय र अर्कोतिर प्राणी तथा वनस्पतिहरुको अर्को जीवित संग्रहालय । दुनियाँ यस्ता अन्यत्र पाइँदैन । जुन भक्तपुरमा हुँदैछ’, उनले भने, ‘यी भक्तपुरको सम्बृद्धि र सपन्नताको द्योतक हुन् ।’

कार्यक्रममा वनमन्त्री अग्निप्रसाद सापकोटाले स्थानीयबासिन्दा र सरकारको सहकार्यमा करिब दस वर्षपछि प्राणी उद्यानले मूर्तरुप पाउन लागेको बताए ।

 

उनले यसलाई शिलान्यास गरेर त्यत्तिकै नछाडिने जिकिर गरे । ‘यस प्राणी उद्यानको शिलान्यासमात्रै हुनेछैन, कार्यान्वयन भएरै छाड्छ’, वनमन्त्री सापकोटाले भने, ‘यसमा क्रमभंग हुन्छ । सरकारको तर्फबाट प्रतिबद्धता नै भयो ।’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छेले स्थानीय बासिन्दाका समस्यालाई सम्बोधन अहिल्यै के कसरी गर्नेबारे ध्यान दिन सुझाव दिए ।

उनले अन्य निकुञ्ज तथा वन क्षेत्रबाट स्थानीय बासिन्दालाई हुने दुःख तथा हानी नोक्सानीबारे पनि अहिल्यै सोच्नुपर्ने धारणा राखे ।

कार्यक्रममा जानकारी दिइएअनुसार आगामी आर्थिक वर्षभित्र प्राणी उद्यानको वन क्षेत्रको सीमा छुट्याई तारबार लगाइने छ । अर्को वर्षभित्र उद्यानको विस्तृत गुरुयोजना निर्माण गरिने वन तथा भूसंरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.