छोराले विजातीय बिहे गर्दा बाबुलाई जुत्ताको माला

 छोराले विजातीय बिहे गर्दा बाबुलाई जुत्ताको माला

वीरगन्जः छोराले अन्तरजातिय प्रेम विवाह गरेको आरोपमा गाउँका मुखिया (पूर्वगाविस अध्यक्ष) र अगुवाहरूले बाबुलाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका छन् ।

वीरगन्ज उपमहानगरपालिका २१ भवानीपुरका ६४ वर्षीय शिवपुजन साह तेलीलाई बुधबार गाउँका मुखिया र अगुवाले घाँटीमा जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका हुन् । शिवपुजनका कान्छा छोरा अर्जुनले गाउँकै राजेश पटेलकी छोरी रवीना कुमारीसँग असार १ गते प्रेम विवाह गरेका थिए ।

असार १ गते घरबाट भागेर दुवैजनाले प्रेम विवाह गरेपछि बुधबार बिहान गाउँमै पञ्चायती (सर्वपक्षीय छलफल) भएको थियो ।

पञ्चायतीमा सहभागी गाउँका मुखीया र अगुवाले माथिल्लो जातको केटीसँग बिहे गरेको भन्दै अर्जुनका बुबालाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराउने निर्णय गरे ।

पञ्चायतीको निर्णयअनुसार गाउँका मुखियाद्वय शिवशंकर पटेल र ब्रम्हदेव पटेलले केटाका बुबा शिवपुजनलाई जुत्ताको माला लगाई दिन गाउँका चौकीदार सुरेन्द्र हजार पासवानलाई आदेश दिए ।

मुखियाको आदेशमा शिवपुजनको घाँटीमा चौकीदार पासवानले जुत्ताको माला लगाइदिए । त्यसपछि मुखियाको अगुवाइमै गाँउलेले शिवपुजनलाई गाउँको परिक्रमा गराएका थिए ।

जुत्ताको माला लगाएर गाउँ परिक्रममा गराउने क्रममा मुखयिा र गाउँका अगुवाले शिवपुजनलाई कुटपिट पनि गरेको उनका काहिँला छोरा नानकचन्द साह तेलीले बताए ।


भवानीपुर गाउँमा पटेल जातिको बाहुल्यता छ । तेली जातिको दुई तीन घरधुरी मात्र छन् । पटेल जातिका अगुवा र मुखियाले जुत्ताकै माला लगाएर दुव्र्यवहार गरे पनि गाउँमा पटेलको हालीमुहाली रहेका कारण पीडित शिवपुजनले डरले प्रहरीमा उजुरी दिन मानेका थिएनन् ।

तर उनका काइला छोरा नानकचन्दले प्रहीलाइ खबर गरेपछि वडा प्रहरी कार्यालय श्रीपुरले बुधबार बेलुकी मुखियाहरू शीवशंकर, ब्रम्हदेव र चौकीदार हजरालाई पक्राउ गरेको छ ।

बिहीबार पीडित शिवपुजनका छोरा नानकचन्दले जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी पनि दिएका छन् । उजुरीका आधारमा प्रहरीले तीनैजनाविरुद्ध केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

बिहीबार तीनैजनालाई जिल्ला प्रशासन कार्यालय पर्सामा हाजिर गराएर अनुसन्धानका लागि सात दिनको म्याद थप गराइएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.