राष्ट्रिय महिला भलिबल हुने

राष्ट्रिय महिला भलिबल हुने

काठमाडौं: शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा यती फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिता असार १२ देखि १५ गतेसम्म हुने भएको छ ।

प्रतियोगितामा नेपालका चर्चित टोली एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड, पश्चिमाञ्चल र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक जगदीश भटृले जानकारी दिए ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिगकम नकाउटका आधारमा खेलाइने प्रतियोगिताका खेलहरू राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ ।

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ, उपविजेताले ६० हजार रुपैयाँ र तेस्रो हुनेले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँसहित बुद्ध एयरको माउन्टेन फ्लाइट टिकट प्राप्त गर्नेछन् ।

यसैगरी विधागत विधाका उत्कृष्ट, स्पाइकर, क्विकर, ब्लकर, सेटर, डिफेन्स र सर्भरलाई जनही तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।

प्रतिष्ठानले आगामी वर्षदेखि प्रतियोगितालाई थप बृहत् बनाउने जनाएको छ । प्रतियोगितालाई भव्यताका साथ सफल पार्न नेपाल भलिबल संघका सचिव जगदीश भट्ट संयोजक र कोषाध्यक्ष सुनकेशरी माली सचिव रहने आयोजक कमिटी गठन गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न १२ लाख रुपैयाँ लाग्ने जानकारी पनि खड्काले दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.