तस्करको ध्यान झयाँउमा

तस्करको ध्यान झयाँउमा

नेपालगन्ज: हिमाली तथा पहाडि जिल्लाको माथिल्लो क्षेत्रमा पाइने बाँझ जातको रुखको हाँगा, भित्ता र ढुङगामा उम्रने बहुमुल्य लोपउन्मुखजडिबुटि हो झयाउ। मध्य तथा सुदुर पश्चिमका हिमाली तथा पहाडको माथिल्लो भागमा झयाउ उत्पादन हुने गरेको छ।

यसको व्यवसायी खेती हुदैन, यो आफै उम्रने जडिबुटि हो। विशेषगरी कर्णालीको डोल्पा,हुम्ला, मुगु , जुम्ला तथा कालिकोटको माथिल्लो भागमा बढि मात्र झयाउको उत्पादन हुने गरेको छ।

बैतडी, डडेल्धुरा, दार्चुला, बझाङ, बाजुरा, दैलेख, रुकुम जाजरकोट जिल्लाका हिमाली तथा पहाडको माथिल्लो भागमा झयाउँको संकलनको उत्पादन हुने गरेको छ। सुदुरपश्चिमका सेती र महाकालीका हिमाली र पहाडि जिल्लाबाट बढि मात्रामा झयाउँ नेपालगन्ज आउने गरेको छ।

लोपउन्मुख भएको भन्दै झयाउँको संकलन, उपयोग, विक्रिवितरणमा सरकारले प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाएको कारण व्यवसायीरुप उत्पादन हुदैन। झयाउँलाई नेपाल सरकारले २०६७ साल पुस २६ गतेबाट पुर्ण प्रतिबन्धित लगाएको राजपत्रमा नै उल्लेख गरिएको छ।

प्रतिबन्धित भएका कारण व्यवसायीहरुले गोठालाहरुले प्रलोभन दिएर संकलन झयाउँको संकलन गर्दै आएका छन। यसको व्यावसायिक संकलन भने हुदैन। गोठालाले संकलन गरेको झयाउ १५÷२० रुपयाँ प्रतिकेजी व्यवसायीले किन्ने गरेका छन्।

प्रतिबन्धित भएको कारण व्यवसायीले लुकाई छिपाई सो झयाउको करोबार गर्ने गरेका छन। निकासी खुला भएका जडिबुटी भित्र लुकाई छिपाई झयाउको निकासी हुने गरेको जिल्ला वन कार्यालयका सहायक बन अधिकृत नारायण पार्दे बताउँछन्।

 

 

पहाडका साना व्यवसायीले जडिबुटी ल्याउँछ र भारत निकासी गर्ने नेपालगन्जका ठुला व्यवसायीलई दिन्छन्।अन्य जडिबुटि राखेको गाडिमा ४/५ बोरा दरले लुकाएर झयाउ ल्याउने गरिएको पाइएको वन अधिकृत पार्दे बताउँछन। लुकाई छिपाई नेपालगन्ज ल्याएको भण्डार गरि लाइन मिलाएर भारत निकासी हुने गरेको छ। व्यवसायी नकक्ली पुर्जी समेत बनाएर ल्याउँछन।

झयाउँको भारत निकासी बन्द रहेको सहायक वन अधिकृत पार्देले जानकारी दिए। नेपालमा झयाउँको प्रयोग छैन, भारत निकासी बन्द छ , लाइन मिल्यो भने मात्र निकासी हुने गरेको छ।झयाउ विरुद्धको अपरेशनमा नै लागेका मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधवप्रसाद नेपालले भारतमा झयाउको अत्याधिक माग रहेको कारण स्थानिय व्यक्तिहरु प्रलोभनमा परि संकलन गर्ने गरेको पाइएको बताउँछन।

पाउने प्राकृतिक स्थानको कमि, लोमउन्मुख , रुख जोगाउन र परिपक्क हुन २२ बर्ष लामो समय लाग्ने भएको लगायतका कारणले गर्दा झयाउको संकलन, उपयोग र विक्रिवितरणमा प्रतिबन्ध लगाएको प्रहरीले जनाएको छ।डिआइजी नेपाल भन्छन - परिपक्क हुन २२ बर्ष लाग्छ , झयाउ रुखबाट निकाल्दा रुख नै मर्छ। जसले हिमाली क्षेत्रको बाताबरणमा असर पार्ने छ। झयाउको निकाल्दा पानी , हिउ पर्दैन , जसले इकोलोजीलाई नै असर पार्छ।यस कारण सरकारले प्रतिबन्ध लगाएको हो।

टेस्टीङ पाउडर, पान मसला, गरम मसला, इनामेल गुणस्तरिय बनाउन, अत्तरमा प्रयोग गर्न र दक्षिण भारतका सभ्रान्त परिवारमा विशेष खाना बनाउन झयाउको प्रयोग हुने गरेको छ। झयाउको विशेषत क्यान्सरको औषधी बनाउन प्रयोग बढि मात्रामा अन्नुसन्धानबाट पत्ता लागेको डिआइजी नेपालले बताउँछन।

भारतीय व्यवसायीले निकासीको ग्यारेन्टी भएमा नेपालमा आएर ३ सय भारतीय रुपयाँ सम्म झयाउँ किन्ने गरेका छन। भारतमा १ हजार रुपयाँ प्रति केजी सम्ममा झयाउँको विक्रि वितरण हुने प्रहरी बताउँछ। नेपाल सरकारले प्रति केजी १५ रुपयाँ रोयल्टी राखेको छ।

बाँकेमा मात्रै २७ हजार केजी झयाउँ बरामत
जडिबुटिको हबको रुपमा रहेको नेपालगन्जबाट मात्रै प्रहरीले प्रतिबन्ध लाएपछि हाल सम्म ठुलो परिणाम झयाउ वरामत गरेको छ। प्रतिबन्ध लगाएपछिको ५ बर्षको अवधिमा अवैध रुपमा रहेको करिब २७ हजार केजी झयाउ प्रहरीले बरामत गरिएको छ।

२०७१ जेठ १६ गते बझाङबाट ल्याउदै गरेको अवस्थामा १० ट्रक अर्थात ९ हजार २६० केजी झयाउ वरामत गरिएको थियो। झयाउँ व्यापारी बैतडी श्री केदार - २ का उत्तम कुमार चलाउने सहित २० जनालाई पक्राउ गरेको थियो।

सोही दिन रोल्पा भवाङ - ३ का लिला बहादुर थापा सहित तीन जनालाई १७० केजी झयाउ सहित पक्राउ गरिएको थियो। त्यस्तै नेपालगन्ज - ५ का सलिम हलुवाईलाई २ हजार ९०६ किलो झयाउ सहित पक्राउ गरिएको थियो।

२०७२ फागुन ८ गते नेपालगन्जका व्यवसायी याकुब अलि अन्सारीलाई १३ हजार ५५० केजी झयाउ सहित पक्राउ गरिएको थियो। नेपाल जडिबुटी व्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष समेत रहेको अन्सारी ५० दिन हिरासत बसेर हालै धरौटीमा रिहाई गरेको छ। अन्सारीको मुद्दा विचराधिन अवस्थामा छ।

यस्तै २०७३ जेष्ठ ३२ गते राती १ हजार ५० केजी झयाउ बरामत गरेको छ। गोदामबाट सारेर मिलमा लुकाएर राखेको सो झयाउँ मध्यपश्चिम प्रहरीको अनुसन्धान व्यूरोले बरामत गरेको हो। गोदामबाट मिलमा लगेर लुकाएको रहेछ, त्यहिबाट हामीले बरामत गरेका हौ - डिआइजी नेपालले भने।

प्रहरीले बरामत गरेको झयाउ र पक्राउ व्यवसायीलाई जिल्ला वन कार्यालयलाई बुझाउने गरेको छ। वनले मुद्दा चलाउने गरेको छ। जिल्ला अदालतबाट फैसला भएका सबै मुद्दा वनले जितेको सहायक वन अधिकृत पार्देले बताए।

डिआइजी नेपालले झयाउ विरुद्ध अझ कडा अपरेशन गरिने बताए। म झयाउँ विरुद्ध अझ कडिकडाउँ रुपमा प्रस्तुत हुने छु। उनले झयाउँ लुकाएर राखेको स्थानको खोजी गर्ने कार्य भइरहेको बताए।

अझै धेरै ठाउँमा लुकाएर राखिएको भन्ने सुचना पाएका छौ , यहाँ छापा मार्छौ - डिआइजी नेपालले भने - प्रहरी भनेको नेपाल सरकारले निर्णय कार्यन्वयन गर्ने निकाय हो , हामी कार्यन्वयन गर्छौ।

सड्न थाल्यो झयाउँ
बरामत गरेर राखेको झयाउँ सडन थालेको छ। झयाउ राखेको ठाउँमा झार उत्रन थालेको छ। नेपालगन्जको नेशनल ट्रेडिङ कर्पोरेशनको गोदाम बाहिर पेटीमा राखिएको छ। गोदामको भाडा नतिरेपछि सो झयाँउ बाहिर पेटीमा राखिएको हो। झयाउ राखिका बोरा सबै च्यातिएका छन।

वन अधिकृत पार्दे भाडा तिर्ने रकम नभएको कारण नेशनल ट्रेडिङको पेटी राखिएको बताए।बहुमुल्य जडिबुटि झयाउ त्यसै खेर गइरहेको छ। वन कार्यालयलाई वरामत झयाउको लिलाम गर्ने वा नष्ट गर्ने कुनै अधिकार नरहेको गोदाम नै राख्न बाध्य हुन परेको सुचना अधिकृत समेत रहेको पार्देले बताए।

हामीलाई न नष्ट गर्ने आदेश छ न लिलाम गर्ने नै , भाडा तिर्न नसकेर नेशनल टे«डिङले बाहिर राखिदिएको छ - अधिकृत पार्देले भने - पक्राउ पर्छ मुद्दा चल्छ।

कानुनी व्यवस्था
वन ऐन २०४९ दफा ६ अनुसार प्रतिबन्धित झयाउको देश भित्रै संकलन, ओसारपासर गरेको पाइएमो विगो जफत गरि विगोको दोब्बर जरिवाना र १ कैद सजाय हुने व्यवस्था रहेको छ।

१० हजार भन्दा बढि मुल्यको झयाउ सवारी साधानमा ल्याएको पाइएमा सो सवारी साधान नै जफत कुने कानुनी व्यवस्था रहेको वन अधिकृत पार्देले बताए। २०७१ सालमा पक्राउ परेका १० वटा ट्रक नै जफत भएका छन।

वन ऐन २०४९ को दफा झमा विदेश निकासी गर्न लागेको अवस्थामा पक्राउ परेको अवस्थामा ३ बर्ष कैद र बरामत समान जफत गर्ने कानुनी व्यवस्था रहेको छ।

प्रतिबन्धित गरेर संरक्षण हुन्छ भन्ने अभिप्रयास राखिएको भएपनि यो अवैध रुपमा संकलन गरेर आइरहेको छ।

प्रतिबन्ध अनावश्यक : व्यवसायी
व्यवसायीहरु झयाउलाई प्रतिबन्ध लाउन जरुरी नरहेको बताउँछन। व्यवसायीहरु रुखमा उत्पादन भएको झयाउँ आफै झरेर नष्ट नुहुने भएको प्रतिबन्ध लगाउन आवश्यक नरहेको बताउँछन। जाडोमा झयाउ पलाउँछ, फागुनमा पुर्वी हावा चल्न थालेपछि आफै झर्छ।

व्यवसायी मधुकर थापा क्षेत्री झयाउलाई प्रतिबन्ध नै लगाउन पर्ने जुरुरी देख्दैनन्। यो निकासी खुला हुदा सरकार नै फाइदा हुने हो। संकलन गर्नेले पनि राम्रो भाउ पाउथे, संकलन गर्ने भाउ पाउदैन - व्यवसायी थापा क्षेत्री भन्छन् - सरकारले प्रतिबन्ध लगाएपछि अझ चोरी निकासी बढेको छ। अनुसार २०६७ साल भन्दा पहिला सम्म नेपाल भित्र निकासीको खुला थियो।

आफुले व्यवसाय सुरुगर्दा निर्वाद रुपमा झयाउको व्यवसाय हुने गरेको थापा क्षेत्रीको अनुभव छ। व्यवसायी थापा क्षेत्री बन्द गर्ने खोल्ने कार्यले झयाउको तस्कारी अझ मौलाएको बताएँछन। ५० चोटी खोल्ने ५० चोटी बन्द गर्ने , यो परिपार्टी तस्करी मौलाएको छ , कर्मचारी तन्त्रलाई फाइदा भएको छ।

जडिबुटि व्यवसायी संघ नेपालका केन्द्रीय पुर्व अध्यक्ष समेत रहेका थापा प्रतिबन्ध खुला गरेर नष्ट हुन लागेको झयाउँको व्यस्थापन गर्नु पर्ने बताउँछन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.