‘कि जेल जान्छौं, कि त युद्ध थाल्छौं’

‘कि जेल जान्छौं, कि त युद्ध थाल्छौं’

काठमाडौंः नेकपा नेकपा माओवादी केन्द्रका नेता देब गुरुङ्गले जनयुद्धसम्बन्धी मुद्दालाई सम्बोधन नगरे आफूहरुसँग जेल जाने र युद्धमा होमिने दुईमात्र विकल्प रहेको बताएका छन् ।

शनिबार दिउँसो रिर्पोर्टस क्लबमा बोल्दै नेता गुरुङले अहिले सरकार परिवर्तन भन्दा पनि बृहत्त् शान्ति सम्झौतासँग जोडिएका मुद्दाहरु संबोधन हुन्छन कि हुँदैनन भन्ने प्रश्न मुल भएको बताए ।

‘अहिले सरकार परिवर्तन मात्रै नभई शान्ति सम्झौता, संविधान कार्यान्वयन र निर्वाचन लगायतका विषयमा प्याकेजमै सहमति गर्नुपर्छ’, उनले भने, ‘नौ बुँदे सहमति सरकारले कार्यान्वयन गर्छ भने सरकार परिवर्तन गर्नुपर्दैन । हाम्रो कुरा निरपेक्षरुपमा सरकार परिवर्तनसँग छैन । विगतका मुद्दा कार्यान्वयनसँग छ ।’

 

गुरुङ्गले आफूहरु एमाले सरकारले नै यी मुद्दा सम्बोधन गरोस भन्ने पक्षमा रहेको बताउँदै गर्न नसके सरकारको विकल्प खोज्ने बताए । गुरुङ्गले मुद्दामा सहमति जसको नेतृत्वमा पनि सरकार गठन गर्न सकिने बताए ।

‘१२ बुँदे र विस्तृत शान्ति सम्झौतालाई अदालतले स्वामित्व ग्रहण गर्न नसक्दा अहिलेको समस्या आएको हो’, उनले भने, ‘द्धन्दकालिन घटनाका मुद्दा सम्बोधन नगरे आफूहरुसँग जेल जाने वा फेरि यूद्धमा जाने बाहेकको विकल्प नभएको चेतावनी दिन्छु ।’

गुरुङ्गले मधेसको अधिकांश माग जायज भएकोले त्यसलाई संवाद र सहमतिको बाटोबाट हल गर्नुपर्ने भन्दै मुलुकको समस्या समाधान अल्पमत र बहुमतको बाटोबाट हुन नसक्ने ठोकुवा गरे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.