सबैको रणनीति रक्षात्मक

सबैको रणनीति रक्षात्मक

मैले जारी युरोकपका खेलहरू निद्रा नबिगारी हेर्दैछु। सबेरै हुने खेलहरू प्रत्यक्ष हेरिरहेको छु। मध्यरातमा हुने खेलहरूको हाइलाइट्स हेर्ने गरेको छु। समूहगत चरण सकिँदासम्म विश्वविजेता जर्मनी अन्य टोलीभन्दा केही बलियो देखिएको छ।

जर्मनीको 'पावर गेम' नै बलियो पक्ष हो। प्रायः टोलीहरूले रक्षात्मक 'डिफेन्सिभ' भएर खेलिरहेका छन्। गोल नखाई खेल जित्ने प्रायः टोलीको प्रयास देखिन्छ। उनीहरूले काउन्टर एट्याकमा गोल गरेर खेल जित्न खोजेजस्तो देखिन्छ। जर्मनीले अपनाएको शैली पनि यही हो। तर, उनीहरू पावर गेममा उत्कृष्ट देखिन्छन्।

स्पेन राम्रो टोली भए पनि अब उनीहरूको शान्त प्रकृतिको टिकीटाका शैली परम्परागत र कम प्रभावशाली हुँदै गएजस्तो देखिन्छ। मलाई मन पर्ने टोली भने जर्मनी नै हो। यसअघि स्पेन मेरो रोजाइमा पर्थ्यो।

युरोकपमा प्रायः खेल प्रतिस्पर्धात्मक देखिएको छ। हामीले राम्रा टोलीमा नाम लिँदा जर्मनी, स्पेन, इटाली, फ्रान्स, इङ्ल्यान्ड भने पनि अन्य टोलीसँग उनीहरूको स्तर अन्तर त्यति धेरै छैन।

युरोकपको प्रभाव नेपालमा पनि देखिन्छ। रातभर बसेर खेल हेर्नेको जमात पनि ठूलो छ। त्यसो त हामी प्रशिक्षक र खेलाडीलाई पनि यस्ता प्रतियोगिताबाट सिक्न सकिने धेरै कुरा छन्। तर, सुन्दा नमीठो लाग्न सक्छ- प्रशिक्षकले सिकेका कुरा प्रयोग गर्ने वातावरण नेपालमा छैन।

ती कुराहरू प्रयोग गर्नका लागि नेपाली खेलाडीको स्तर नै पुग्दैन। पहिलो कुरा, खेलाडीले आफूलाई फिट राख्नुपर्यो जुन नेपालमा पहिलेदेखिको समस्या हो। प्रायः खेलाडीमा गम्भीरता देखिँदैन।

दोस्रो कुरा, नेपाली फुटबललाई व्यावसायिकतातर्फ लैजानुपर्छ भनेर लाग्ने क्लबको संख्या एकदुईवटा मात्र छ भने पनि हुन्छ।

(मेघराज राष्ट्रिय फुटबल टोलीका पूर्व सहायक प्रशिक्षक हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.