कश्मिरमा आतंकवादी हमला, आठ भारतीय फौज मारिए

कश्मिरमा आतंकवादी हमला, आठ भारतीय फौज मारिए

काठमाडौं: भारतको जम्मु कश्मिरमा शनिबार भएको आतंकवादी आक्रमणमा कम्तिमा आठजना भारतीय फौजका जवान मारिएका छन् ।

दक्षिणी कश्मिरको पम्पोरमा शनिबार आतंकवादीले सीआरपीएफका जवानहरु सवार बसमा धावा बोल्दा यो घटना भएको हो ।

आतंककारीहरुको यो हमलामा कम्तिमा २० जना भारतीय फौजका जवान गम्भीर घाइते भएका छन् ।

आक्रमणपछि भएको भीडन्तमा सीआरपीएफका जवानले दुईजना आतंकारीलाई मार्न सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

जानकारी अनुसार श्रीनगरतर्फ गइरहेको बसमा सीआरपीएफका जवान सवार थिए । त्यही क्रममा बाटोमै ढुकेर आतंकारीहरुले धावा बोलेका थिए ।बसमा सवार सुरक्षाकर्मीमाथि धावा बोलेपछि भीडन्त भएको थियो ।

सीआरपीएफका कमान्डेट राजेश यादवले बताए अनुसार आफ्ना जवानहरु फायरिङ्ग रेन्ज अभ्यासपछि फर्कने क्रममा आक्रमण भएको हो ।यसै क्रममा आठजना मारिएका हुन् भने घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.