अफगानिस्तानमा हवाई आक्रमणः ४२ आइएस विद्रोहीको मृत्यु

अफगानिस्तानमा हवाई आक्रमणः ४२ आइएस विद्रोहीको मृत्यु

काबुलः अफगानिस्तान सरकारले गरेको हवाई कारबाहीमा ४२ आइएस लडाकुको मृत्यु भएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्ययमका अनुसार अफगानिस्तानको पूर्वी नान्गहर राज्यमा ३२ तमिल स्टेट (आइएस) समूहसँग निकट ४२ जना विद्रोहीको मृत्यु भएको हो ।

एक चालकविहीन विमानद्वारा गरिएको हवाइ आक्रमणमा यत्ति ठूलो संख्यामा आइएस विद्रोहीको मृत्यु भएको हो ।

आइएस निकट लडाकुले आश्रयस्थल बनाउँदै आएको कोच र अचिन जिल्लाका विभिन्न ठाउँमा शनिबार हवाई आक्रमण गरिएको थियो ।

क्रमणमा ४२ विद्रोहीको ज्यान गएको र ३२ जना अन्य विद्रोही लडाकू घाइते भएका अफगानिस्तानको टोलो टेलिभिजन च्यानलले जनाएको छ ।

कोट र अचिन इलाकालाई आइएसले सुरक्षित आश्रयस्थलका रुपमा लामो समयदेखि प्रयोग गर्दै आएको समाचारमा जनाइएको छ ।

घटनाप्रति विद्रोहीको प्रतिक्रिया आइसकेको छैन । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.