युरोकपमा जर्मनी र फ्रान्सलाई ‘नयाँ' चुनौती

युरोकपमा जर्मनी र फ्रान्सलाई ‘नयाँ' चुनौती

एजेन्सीः युरोकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार हुने प्रिक्वार्टरफाइनल चरणको दुई महत्वपूर्ण खेलमा विश्वविजेता जर्मनी र आयोजक फ्रान्स उत्रँदैछन् ।

साँझ लियोनमा हुने खेलमा फ्रान्सले आयरल्यान्ड र लिल्लेमा राति हुने खेलमा जर्मनीले स्लोभाकियाको चुनौती सामना गर्दैछ ।

आयरल्यान्ड र स्लोभाकियाले नकआउट चरण खेल्न लागेको यो पहिलोपटक हो । उपाधिको दाबेदार मानिएका फ्रान्स र जर्मनी दुवैले समूहगत चरणमा मध्यम प्रदर्शन गरे ।

फ्रान्सले समूह ‘ए'बाट अपराजित रहँदै विजेताका रूपमा नकआउट चरणको यात्रा तय गर्दा जर्मनी पनि समूह ‘सी'को विजेताकै रूपमा अगाडि बढेको हो ।

यस क्रममा फ्रान्सले विपक्षी टोलीविरुद्ध चार गोल गर्दै आफूले पनि एक गोल बेहोरेको छ । जर्मनीले भने प्रतिद्वन्द्वीविरुद्ध तीन गोल गर्दा कुनै पनि गोल बेहोरेन । दुवै टोलीले प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न समान दुई जित र एक बराबरीको नतिजा निकाले । फ्रान्सले रोमानियालाई २-१ र अल्बानियालाई २-० गोलले हराएको थियो भने स्विट्जरल्यान्डस“ग गोलरहित बराबरी खेलेको थियो ।

जर्मनीले युक्रेनलाई २-० र उत्तरी आयरल्यान्डलाई १-० गोलले पराजित गर्‍यो भने पोल्यान्डस“ग गोलरहित बराबरी खेलेको थियो ।

स्लोभाकियाले चेकोस्लोभाकियाबाट छुट्टिएपछि पहिलोपटक युरोकपमा छनोट भएको हो । उसले पहिलो प्रयासमै प्रिक्वार्टरफाइनलको यात्रा तय गरेको छ । यसअघि युरोकपमा दुईपटक सहभागिता जनाएको आयरल्यान्डले पहिलो चरण पार गर्न सकेको थिएन ।

स्लोभाकिया र आयरल्यान्ड दुवैका लागि प्रिक्वार्टरफाइनल यात्रा त्यति सहज भने रहेन । समूह ‘ई'को आयरल्यान्ड र समूह ‘बी'को स्लोभाकिया तेस्रो स्थानमा रहने टोलीमध्ये उत्कृष्ट ठहरिँदै अगाडि बढेका हुन् । यद्यपि समूह चरणमा यी दुवै टोलीले केही सन्सनीपूर्ण नतिजा निकाले ।

आयरल्यान्डले इटालीजस्तो बलियो टोलीलाई १-० गोलले पराजित ग¥यो भने स्विडेनसँग १-१ गोलको बराबरी खेल्यो। स्लोभाकियाले पनि रुसलाई २-१ गोलले हरायो भने इंग्ल्यान्डसँग गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । त्यसैले ठूला टोलीविरुद्ध सशक्त प्रदर्शन गर्नसक्ने क्षमताका यी दुई टोलीसँग फ्रान्स र जर्मनीलाई सचेत रहनुपर्नेछ ।

आयरल्यान्ड र स्लोभाकियाविरुद्ध यसअघि भएका प्रतिस्पर्धाको नतिजा भने फ्रान्स र जर्मनीतर्फ नै गएको छ । आयरल्यान्डविरुद्ध हालसम्म भएका १६ भिडन्तमध्ये फ्रान्सले छ खेलमा जित हात पारेको छ । आयरल्यान्डले मात्र चार खेलमा जित हात पार्दा बाँकी ६ खेल बराबरीमै टुंगिएका छन् ।

फ्रान्सले धेरै जित हात पारे पनि ती जितमा पर्याप्त गोल गर्न भने सकेको छैन । फ्रान्सले विरुद्धमा १८ गोल गर्दा १४ गोल पनि बेहोरिसकेको छ ।

स्लोभाकियाविरुद्ध जर्मनीको नतिजा भने निकै राम्रो छ । जर्मनी र स्लोभाकियाबीच हालसम्म २८ पटक प्रतिस्पर्धा हुँदा जर्मनीले १७ पटक जित हात पारेको छ । स्लोभाकियाले ६ खेलमा मात्रै जित हात पारेको छ । बाँकी खेल बराबरीमै टुंगिएका छन् ।

जर्मनीले यी प्रतिस्पर्धामा स्लोभाकियाविरुद्ध गोल पनि प्रशस्तै गरेको छ । जर्मनीले स्लोभाकियाविरुद्ध ६२ गोल बेहोर्दा ४० गोलमात्रै बेहोरेको छ । शनिबारको खेलअघि चारवटै टोलीलाई खेलाडीको चोटको चिन्ता छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.