सिरहा र सप्तरीका दुई सय सहकारीलाई कारबाही

सिरहा र सप्तरीका दुई सय सहकारीलाई कारबाही

लहान: सहकारी डिभिजन कार्यालयले समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने सिरहा र सप्तरीका २३७ सहकारी संस्थालाई कारबाही गरेको छ।

आव २०७१/७२ को लेखा परीक्षणका लागि स्वीकृति नलिएको भन्दै डिभिजन सहकारी कार्यालयले सिरहाका १२७ र सप्तरीका ११० सहकारी संस्थालाई कारबाही गरेको छ।

सहकारी संस्थामाथि गरिएको जरिवानाबाट चालु आव २०७२/७३ मा रु एक लाख सात हजार राजस्व सङ्कलन भएको डिभिजन सहकारी संस्थाका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए।

समयमा लेखा परीक्षण स्वीकृति नलिने सहकारी संस्थाबाट रु एक हजार ५०० सम्म जरिवाना तिराउन सक्ने कानुनी व्यवस्था छ।

आव २०७०/७१ मा कार्यालयले समयमा लेखा परीक्षण स्वीकृति नलिने सिरहा र सप्तरीका ७३ सहकारी संस्थाबाट जरिवानास्वरुप रु ७२ हजार ५०० राजस्व सङ्कलन गरेको थियो।

सिरहामा सात सय र सप्तरीमा ५५० सहकारी संस्था दर्ता रहेको सहकारी डिभिजन कार्यालयले जनाएको छ।

दर्ता गराएर पनि लामो समयसम्म कुनै कारोबार नगरेको भन्दै सिरहाका १२ र सप्तरीका १८ वटा सहकारी संस्थाको दर्ता खारेज गर्ने प्रक्रिया सुरु गरेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.