सुनसरीमा सिडिओको चन्दा आतंक

सुनसरीमा सिडिओको चन्दा आतंक

इटहरीः जिल्लाको शान्ति सुरक्षाको नेतृत्व सम्हालेका सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागार्इँले जिल्लाभर चन्दा आतंक मच्चाएका छन् ।

शक्तिको दुरुपयोग गर्दै प्रजिअ चापगाईँले विभिन्न सरकराी कार्यालय र उद्योगी व्यवसायीहरुसँग आर्थिक सहयोगका नाममा जबरजस्ती चन्दा आतंक मच्चाएपछि सुनसरीका अधिकांश सरकारी कार्यालयका प्रमुखहरु तथा उद्योगी व्यवसयीहरु त्रसित बनेका छन् ।

जागिरबाट अवकास हुन लागेपछि प्रजि चापागार्इँले दोलखामा भूकम्पले भत्काएको घर पुार्निर्माण गर्नुपर्ने भन्दै सरकारी कार्यालय, ठूला घरनाका व्यवसायी र उद्योगपतिसँग चन्दा मागेको पीडितहरुले जानकारी दिएका छन् ।

चन्दा मागिएका सरकारी कार्यालयका कार्यालय प्रमुखहरुले खुलेर प्रजिअको विरोध गरेपनि कतिपय कार्यालय प्रमुख र व्यपारीहरुले सुरक्षाका कारण प्रजिअको अवैधानिक कामको विरोध गर्न सकेका छैनन् ।

राजनैतिक दल र अपराधिक समुहरुको चन्दा आतंकले हैरानी भएका सुनसरीका व्यवसायी, उद्योगपति र कार्यालय प्रमुखहरु जिल्लाको सर्वोच्च निकाय जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले नै खुलेआम चन्दा मागेपछि थप आतंकित बनेका छन् ।

पाँच महिना अगाडि कैलालीबाटसरुवा भएर सुनसरी आएका चपागार्इँले सुरुवातका दिनदेखि नै कार्यालय प्रमख र व्यवसायीहरुसँग मोटो रकम चन्दा माग्न सुरु गरेको पीडितहरुले बताएका छन् ।

कतिपय सरकारी कार्यालयका प्रमुख र व्यवसायीहरुले दिएको जिन्सी सामाग्री जिल्ला वन कार्यालय र जिल्ला पशु कार्यालयको गाडीमार्फत काठमाडौंको बसुन्धारामा लगेर राखेको जानकारी अन्नपूर्ण अनालाइनलाई प्राप्त भएको छ ।


प्रजिअ चापगार्इँले जबरजस्ती चन्दा मागेपछि पीडित बनेका कार्यालय प्रमुखहरुले अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालय र क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा समेत उजरी दिएको श्रोतले जानकारी दिएको छ ।

प्रजिअ चापागार्इँले जिल्ला विकास समितको कार्यालय सुनसरी, धरान उपमहानगरपालिका, जिल्ला मालपोत कार्यालय, रामधुनी भासी नगरपालिलका, दुहबीभलुवा नगरपालिका, जिल्ला वन कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला नापी कार्यालय र जिल्ला कृषि कार्यालय लगायतका कार्यालय प्रमुखहरुसँग चन्दा मागेको सम्बन्धित कार्यालयका प्रमुखहरुले गुनासो गरेका छन् ।

सुनसरीका स्थानिय विकास अधिकारी रामप्रसाद वाग्लेले प्रजिअ चापागार्इँको चन्दा आतंकले सुनसरीका कार्यालय प्रमुख मात्र नभएर सिंगो सुनसरीवासी त्रसित भएको गुनासो गरेका छन् ।

उनले जिल्लाका सरकारी कार्यालयहरुको सर्बोच्च निकायमा बसेका प्रजिअजस्तो व्यक्तिले आर्थिक सहयोगका नाममा चन्दा उठाउनु गलत भएकाले चापागार्इँविरुद्ध कारबाहीको माग गरेका छन् ।

जिल्ला पशुसेवा कार्यालय सुनसरीका प्रमुख शिवनाथ महतोले कार्यालयको गाडीमा प्रजिअको चार, पाँच कार्टुन सामान काठमाडौंको बसुन्धरास्थित घरमा पुर्याइदिएको स्विकार गरेका छन् ।

प्रजिअ चापागाईँले सुनसरीका यातायात व्यवसायी, इँटा व्यवसायी, हाडवयर व्यवसायी, सुन व्यपारी, निजि अस्पताल संचालक र उद्योगपतिहरुलाई समेत कार्यालय, निवास, इटहरीको चिन्तन चौतारी होटर र धरानको धरान किचनमा बोलाएर दोलखाको पुख्र्याैली घर भूकम्पले भत्काएकाले आफ्नो तलबले नधान्ने भन्दै चन्दा मागेको धरानका एक व्यवसायीले नाम नछाप्ने सत्रमा बताएका छन् ।

प्रजिअको चन्दा आतंकले सुनसरीका जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्हरी कार्यालय र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख समेत असन्तुष्ट रहेको बताइएको छ ।

जिल्लाको शान्ति सुरक्षाको नेतृत्व सम्हालेर बस्ने प्रजिअले नै चन्दा माग्दै हिँड्नु सह्य नभएकाले माथिल्लोे निकायले कारबाही गर्न जिल्लाका एक सुरक्षा अधिकारीले भने ।

उद्योग वाणिज्य संघ सुनसरीका उपाध्यक्ष गिरीधारी सापकोटाले शक्तिको दुरुपयोग गर्दै व्यवसायीहरुसँग कार्यालयमा बोलाएर चन्दा माग गर्ने प्रजिअलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

उनले व्यवसायीहरुले प्रजिअले कार्यालय र विभिन्न होटलमा बालाएर व्यवसायीसँग चन्दा माग्ने गरेको विषयमा उद्योग वाणिज्य संघमा जानकारी गराएको बताए ।

माओवादी केन्द्रका सुनसरी अध्यक्ष निर्मल बरालले प्रजिअ चापागाईले सुनसरीका सरकारी कार्यालयहरुमा चन्दा मागेर हैरान बनाएको विषयमा स्थानीय निकायका कर्मचारीहरुले समेत पार्टीमा मौखिक उजुरी दिएको बताएका छन् ।

धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईले पनि प्रजिअ चापागाईँको व्यवहारले सुनसरीका सरकरी कार्यालयहरुमा शान्तिपूर्वक काम गर्ने बाताबरण नभएको बताए ।

सरकारी कार्यालयका प्रमुख र व्यवसायीहरुसँग चन्दा मागेको विषयमा प्रजिअ चापागार्इँसँग कुरा गर्दा केही बताउन मानेनन् । अन्नपूर्ण अनलाइनको फोन सम्पर्कमा चापागाईँले ‘म फोनमा कुरा गर्दिनँ, तपाईँ मेरो कार्यालयमा आउनुस बसेर गफ गरौँला’ भने ।

पूर्वाञ्चल क्षेत्रीय प्रशासक रामकुमार आचार्यले सुनसरीका प्रजिअले सरकारी कार्यालय र व्यवसायीसँग चन्दा मागेको विषमा छानविन अगाडि बढाई दोषी देखिए कडा कारबाही गरिने बताए ।

उनले प्रजिअ चापागार्इँले चन्दा मागेको विषमा जिल्लाका कार्यालय प्रमुखहरुसँग बुझ्ने काम भैरहेको जानकारी दिए । गृहमन्त्रालयको प्रशासन विभागका प्रमुख सहसचिव चक्र बुढाले सुनसरीका प्रजिअ चापगाईँको चन्दा आतंकबारे गृहसचिवसँग सल्लाह गरी कारबाही थालिने आश्वासन दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.