अफगानिस्तानमा ४४ तालिवान र ३७ आइएस लडाकू मारिए

अफगानिस्तानमा ४४ तालिवान र ३७ आइएस लडाकू मारिए

काबुल: अफगानिस्तानको उत्तर र उत्तरपूर्वी प्रान्तमा गत २४ घण्टाभित्र आतङ्ककारीविरुद्ध गरिएको कारबाहीको क्रममा ४४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

अफगान गृह मन्त्रालयद्वारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिइएको छ । उक्त विज्ञप्तिका अनुसार यस कारबाहीमा परी कैयौँ आतङ्ककारी घाइते हुनुको साथै अन्य ९३ जना पक्राउ परेका छन् । 

कारबाहीको क्रममा आतङ्ककारीले प्रयोग गर्दै आएका कैयौँ सवारी साधन पनि ध्वस्त पारिएको प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । 

यस कारबाहीको अवधिभर सुरक्षाबलतर्फ भने कुनै हताहति नभएको जनाइएको छ । उत्तर र उत्तरपूर्वी अफगानिस्तानमा सक्रिय रहेका तालिवान आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा भने कुनै टिप्पणी गरेका छैनन् । 

 

यसैबीच अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको कोट जिल्लामा इस्लामिक आतङ्ककारी विरुद्ध गरिएको कारबाहीको क्रममा ३७ आइएसका आतङ्ककारी मारिएका प्रान्तीय गभर्नरले मङ्गलबार जानकारी दिएका छन् । 

अफगान सैनिक र प्रहरीको सहभागीतामा कोट जिल्लाको खोलगाई, जनजाल घोन्दाई र सिपी इलाकामा भएको यस कारबाहीको क्रममा अन्य ४४ आइएस आतङ्ककारी घाइते भएका पनि सो स्रोतले जानकारी दिएको छ । 

उक्त संयुक्त सुरक्षाबलले आइएसले विस्फोटका लागि योजना गरी राखेका ४० भन्दा बढी बारुदी सुरुङ्ग पनि निष्क्रिय बनाएका छन् । 

 यस कारबाहीको क्रममा सुरक्षाबल र सर्वसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको जनाइएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.