यसरी हुँदैछ धान रोपाईँ (फोटो फिचर)

 यसरी हुँदैछ धान रोपाईँ (फोटो फिचर)

काठमाडौं: देशभर आज धान दिवस मनाइँदैछ। यो अवसरमा कृषकदेखि नेतासम्म असारे हिलोमा पसेर धान रोप्दैछन्।

कृषकहरु असार १५ मा धान दिवस मनाइरहँदा यो पटक कृषिमन्त्री हरिबोल गजुरेलले भने गमलामा धान रोपेर यो दिवस मनाए।

कैलालीमा प्रमुख जिल्ला अधिकारीदेखि स्थानीय विकास अधिकारीसम्म धान रोप्ने मेशिनमा चढेर रोपाइँ गर्न भ्याए।

मानो रोपेर मुरी फलाउने असार महिनाको १५ गतेलाई अझै विशेष दिनकारुपमा कृषकहरुले लिने गरेका छन्।

धान दिवस मनाउने क्रममा कृषकहरु दही चिउरा खाएर असारे हिलोमा छुपुछुपु धान रोपिरहेका छन्।

 

विसं २०७२ सालको भूकम्प र त्यसपछि भारतको नाकाबन्दीका कारण गत वर्ष धान उत्पादनमा १० प्रतिशतले घटेको कृषि विभागको तथ्याङ्क छ। नेपालमा अहिले वार्षिक ३४ लाख मेट्रिक टन चामलको माग हुने गरेकामा २८ लाख मेट्रिक टन मात्र चामलको आपूर्ति भइरहेको छ।

पछिल्लो १० महिनामा रु १८ अर्ब ८६ करोडको चामल आयात भएको थियो । यो वर्ष मौसमले पनि साथ दिएकाले करिब १५ लाख हेक्टर जमिनमा धानको उत्पादन हुने धानविज्ञ भोलमानसिंह बस्नेतले बताए।

 

नेपालको छैठौँ कृषि गणना २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेशा गर्न नपाएको उल्लेख छ। राष्ट्रिय कृषि गणना २०६८ ले १० वर्षमा एक लाख २९ हजार हेक्टर उर्बर जमिन बाँझो भएको र एक लाख १६ हजारले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख गरिएको छ।

छैटौँ कृषि गणनाले ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेको भएपनि ८३ प्रतिशत जनता कृषि पेसामा आत्मनिर्भर रहेको जनाएको छ। एसियाली देशमा ९० प्रतिशत धानको उत्पादन तथा खपत हुन्छ। कृषि क्षेत्रको अन्नबालीमध्ये धानको योगदान ५२ प्रतिशत छ।

संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौरमा पर्दछ। वैज्ञानिकका अनुसार २५ डिग्री तापक्रमदेखि ३२ डिग्री तापक्रमभित्र रही धानखेती गर्न सकिन्छ। नेपालमा सबैभन्दा धेरै धान उत्पादन झापा र सबैभन्दा कम मुस्ताङ जिल्लामा हुन्छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.