टर्किस राष्ट्रपतिले पुटिनसँग माफी मागे

टर्किस राष्ट्रपतिले पुटिनसँग माफी मागे

अंकाराः टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले माफी मागेका छन् । गत वर्ष रूसी युद्धक विमान सिरियाली सीमा क्षेत्रमा खसालेको घटनाप्रति उनले माफी मागेका हुन् ।

यसअघिसम्म एर्दोगानले रूससँग माफी नमाग्ने भन्दै हठ प्रदर्शन गरेका थिए । उनले रूससँग माफी माग्नुको साटो त्यसको प्रतिकार गर्ने चेतावनी दिँदै आएका थिए ।

रूसी युद्धक विमान भुलवश टर्कीले अखालेको भन्दै आत्मालोचना गरेका छन् । रूसी राष्ट्रपतिको कार्यालयका प्रवक्ताले टर्कीका राष्ट्रपतिले माफी मागेको खुलासा गरेका छन् ।

क्रेमलिनका प्रवक्ता दमित्री पेस्कोभले सोमबार भने, ‘टर्कीका राष्ट्रपतिले राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन्देश पठाई माफी मागेका छन् । सन्देशमा टर्कीका राष्ट्रपतिले रूसी युद्धक विमानका चालक र उनका परिवारप्रति सहानुभूति एवं समवेदना प्रकट गरेका छन् । यसका साथै उनले राष्ट्रपति पुटिनसँग माफी पनि मागेका छन् ।’

एर्दोगानले रूससँगको सम्बन्ध सुधार्न आफूले सबै प्रकारका प्रयास गर्ने वचन पनि दिएका छन् । यसै विषयलाई लिएर रूसले पनि उक्त घटनासँग सम्बद्ध विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘टर्कीले आफूले जानीजानी नभई गल्तीवश हाम्रो युद्धक विमान खसाएको स्वीकार गरेको छ । टर्किस राष्ट्रपति एर्दोगानका प्रवक्ता इब्राहिम कालिनले पनि यसको पुष्टि गरेका छन् । एर्दोगानले राष्ट्रपति गल्ती स्वीकार गर्दै पुटिनलाई चिठी पनि लेखेका छन् ।’

एर्दोगानका सल्लाहकार कालिनले पनि चिठीको सुरुमै आफूलाई माफी दिनुपर्ने लेखेको पुष्टि गरेका छन् ।

गत वर्ष रूसी विमान खसालेपछि टर्कीले माफी नमाग्ने बताएको थियो । उक्त घटनामा कुनै पछुतो पनि नभएको बताएको थियो । सन् २०१५ को नोभेम्बर सिरियाली सीमा क्षेत्रमा उक्त विमान खसालिएको थियो ।

यसै विषयलाई लिएर विवाद बढ्दै गएपछि दुई देशबीच कूटनीतिक सम्बन्ध विच्छेद गरिएको थियो । टर्कीले पश्चिमासँग मिलेर रूसलाई नटेर्ने नीति लिएको थियो । हाल आएर टर्कीले रूससँगको सम्बन्ध सामान्य बनाउन खोजेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले माफी मागेपछि बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना समकक्षी एर्दोगानलाई फोन गर्ने भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.