धुनमा बाबुको बिँडो थाम्दै डेनी

 धुनमा बाबुको बिँडो थाम्दै डेनी

इलाम: बिहानदेखि मध्यरातसम्म संगीतकर्ममै उनको समय बित्छ। यही कर्मले काठमाडौंमा परिवारसहित टिकाएको छ उनलाई। इलाममा जन्मेका डेनी निरौलाले बाबुको बिँडो समातेर संगीतको यात्रा थालेको दुई दशक बितिसक्यो।

रेडियो नेपालले २०५७ सालमा आयोजना गरेको आधुनिक गीतसंगीत सम्मेलनमा उत्कृष्ट संगीतकार घोषित भएपछि उनको कलाले पारखी पाउन थालेको हो। सिन्धु मल्लले ‘मरेको म छैन हजुर' बोलको गीतमा संगीत भरेपछि उनी साँच्चिकै संगीतकार बने।

तर त्यही वर्ष आमाको असामयिक निधन भएपछि विह्वल बनेका उनले परिवारसँग मिलेर आमाकै स्मृतिमा अञ्जली एल्बम बजारमा ल्याए। एल्बममा उनको एकल संगीत रहेको थियो। विष्णु निष्ठुरीको शब्द र राजेशपायल राईले स्वर समेटिएको ‘धन्य आमा जन्म दियौ, बज्न थाल्यो सारंगी' बोलको गीत निकै चर्चित बन्यो।

२०६४ सालमा सांस्कृतिक संस्थानले गरेको देशव्यापी गीतसंगीत सम्मेलनमा उत्कृष्ट भएका डेनीले अहिलेसम्म सातवटा एकल एल्बमसहित दुई सय गीतमा संगीत भरिसकेका छ। प्रमोद खरेलले गाएको ‘लाग्छ तिमी सागर सरी' जगदीश समालको स्वरमा रहेको ‘सबै पीडा भुलेँ मैले इलामको बसाइमा'जस्ता गीतमा संगीत दिएका उनी संगीतमै बाँच्ने आधार देख्न थालेका छन्।

बाबु कोमल निरौला अहिले प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य छन्। उमेरले छ दशक पार गरेका कोमल नेपाली सांगीतिक क्षेत्रमा चलेको नाम हो। कोमलको पालामा गायक बन्न रेडियो नेपालबाट स्वर परीक्षा पास गर्नुपर्थ्यो। २०२६ सालमा स्वर परीक्षा पास गरेपछि उनी गायकका रूपमा दरिएका हुन्। बाबुको बिँडो समातेर डेनी पनि संगीतमा लागेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.