दक्षिण एसियामा पस्यो आतंकवादी समूह आइएस

दक्षिण एसियामा पस्यो आतंकवादी समूह आइएस

नयाँदिल्ली: बंगलादेशको राजधानी ढाकाको कुटनीतिक निकाय रहेको क्षेत्रमा भएको आइएसको आक्रमणमा ६ जना मारिएका छन् ।

कुटनैतिक निकायका कार्यालय रहेको क्षेत्रस्थित एक रेस्टुरेन्टमा शुक्रबार राति पौने नौ बजेबाट भएको आक्रमणमा संलग्न जना आतंकवादी मारिएका हुन् ।

आइएस आतंकवादीले ४० जनालाई स्थानीय एक रेस्टुरेन्टमा बन्धक बनाएपछि बंगलादेशी कमान्डोले अपरेशन थालेको थियो ।

शुक्रबार रातिदेखि करिब १३ घन्टासम्म चलेको कारबाहीमा ४० जनालाई सकुशल बचाइयो भने सेनाले ६ जना आतंकवादीलाई मार्न सफल भएको हो ।

यस कारबाहीका क्रममा एकजना आतंकवादीलाई पनि जिउँदै पक्रन सफल भएको छ । करिब ४० जनालाई बन्धक बनाएका आतंकवादीसँग वार्ता हुन नसकेपछि सेनाको कमान्डोले शनिबार बिहानैबाट अपरेशन चलाएको थियो ।

यो हमलालाई भारतको मुम्बईमा सन् २०११ मा भएको आतंकवादी हमलाजस्तै ठानिएको छ ।

सुरक्षाबलको अपरेशनका क्रममा सबै बन्धक रिहा गराउन सफल भएको छ भने कारबाहीका क्रममा गोली हानिँदा मारिएका ५ जनाको शव रेस्टुरेन्टमा भेटिएको छ ।

आइएसले आक्रमण गरेको भन्दा एक किलोमिटरको दुरीमा भारतीय उच्चायोगको कार्यालय रहेको छ । कारबाहीका क्रममा रिहा गरिएकाहरुमा इटाली, अर्जेन्टिना, भारतीय र जापानी नागरिक रहेका छन् ।

आइएसको आक्रमणका क्रममा बम विस्फोटको पनि आवाज आएको थियो । रोयटर्सका अनुसार यो हमलाको जिम्मेवारी आइएसले लिइसकेको छ । यो आक्रमणमा संलग्न दुईजना आतंकवादी फरार रहेका बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.