डा. फिक्सिटको जनचेतनामूलक कार्यक्रम
![डा. फिक्सिटको जनचेतनामूलक कार्यक्रम](https://annapurnapost.prixacdn.net/media/albums/577903e8768bd6.51461071_9q1bCIRiNs.jpg)
काठमाडौं: पिडिलाइट इन्ड्रस्टिज लिमिटेडको उत्पादन डा. फिक्सिटले प्रयोगकर्ता र इन्जिनियरलाई सहभागी गराई दीर्घकालीन पूर्वाधारमा वाटर प्रुफिङको महत्वबारे जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।
नेपाल इन्जिनियर्स एसोसिएसन र सहरी विकास तथा भवन निर्माण विभागको सहकार्यमा डा. फिक्सिटले ‘मर्मत तथा पुनस्र्थापनामा व्यवस्थित दृष्टिकोण’ विषयमा तालिम कार्यक्रम आयोजना गरेको हो।
यसै गरी नेपालका विभिन्न स्थानमा नयाँ युगको वाटरप्रुफिङ र मर्मत प्रविधिबारे जानकारी गराउने उद्देश्यले डा. फिक्सिटले सिभिलतर्फका ठेकेदार, विक्रेता, प्रयोगकर्ता र पेन्टरको नियमित भेला, विशेष तालिम कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
पिडिलाइट इन्डस्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रभाकर जैनले भवन भत्कने/नभत्कने भन्ने कुरा बनाउँदा अपनाइएको इन्जिनियरिङ विधि, प्रयोग भएको प्रविधि र अझ महत्वपूर्ण कुरा बनाउँदा प्रयोग गरिएको सामग्रीमा भर पर्ने बताए।
उनले संरचनाको आयु लामो होस् भन्ने निश्चित गर्न राम्रो गुणस्तरको र उच्च क्षमता भएको निर्माण सामग्री प्रयोग गर्नु आवश्यक रहेको बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)