सुरु भयो पूर्वाञ्चल युनिभर्सिटी एजुकेसन फेयर

सुरु भयो पूर्वाञ्चल युनिभर्सिटी एजुकेसन फेयर

काठमाडौं: पूर्वाञ्चल युनिभर्सिटी एजुकेसन फेयर सुरु भएको छ। शुक्रबार सुरु भएको फेयर वल्र्ड ट्रेड सेन्टरमा आइतबारसम्म चल्नेछ।

पूर्वाञ्चल विश्वविद्यालयद्वारा आयोजित फेयरको उद्घाटन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गरेका छन्। फेयरमा पूर्वाञ्चल विश्वविद्यालयका आंगिक र सम्बन्धन लिएका ४३ कलेज सहभागी रहेको आयोजकले जनाएको छ।

उद्घाटन कार्यक्रममा शिक्षामन्त्री पोखरेलले नेपालमा ठूलाठूला राजनीतिक परिवर्तन भए पनि शिक्षा क्षेत्रमा खासै परिवर्तन हुन नसकेको बताए।

उनले आफू शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि क्रियाशील रहेको बताउँदै यस्ता एजुकेसन फेयरले शिक्षाको गुणस्तर विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर घनश्यामलाल दासले अब छिटै पूर्वाञ्चल विश्वविद्यालयले कोल्टे फेर्न लागेको बताए।

उनले विश्वविद्यालयले आफ्ना कमीकमजोरी सुधार गर्दै गएको बताउँदै यसै वर्षबाट पीएचडी कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए।

एजुकेसन फेयरमा इन्जिनियरिङ, जनरल साइन्स, हेल्थ साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, फेसन डिजाइन, बायोमेडिकल इन्जिनियरिङ, एग्रिकल्चर भेटनरी, कम्प्युटर, मास कम्युनिकसेन, ल र लिभरल आर्टसलगायतका विषय अध्ययन अध्यापन गराइरहेका कलेजको सहभागिता छ।

फेयरमा फेसन सो र फुड स्टल पनि समावेश गरिएको आयोजकले जनाएको छ। हरेक दिन १० बजेबाट २ बजेसम्म रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.