नेपाल एसबीआई बैंकको अध्यक्षमा आचार्य
काठमाडौं : नेपाल एसबीआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कृष्णप्रसाद आचार्य चयन भएका छन्।
आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। आचार्य कर्मचारी संचय कोषको प्रशासकका रूपमा कार्यरत रहेका छन्।
बैंकले नेपालका १४ अञ्चलमध्ये १३ अञ्चलमा आफ्नो उपस्थिति जनाई कुल ७३ व्यावसायिक इकाइ, ८४ एटीएम, मोबाइल एटीएम तथा इन्टरनेट बैंकिङ जस्ता प्रविधिमा आधारित वैकल्पिक वितरण माध्यममार्फत ६ लाख २५ हजारभन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको जनाएको छ।