अर्जेन्टिनाका प्रशिक्षकले राजीनामा दिए

अर्जेन्टिनाका प्रशिक्षकले राजीनामा दिए

काठमाडौं: कोपा अमेरिकाको सयौं संस्करणको फाइनलमा चिलीसँग उपाधि गुमाएपछि अर्जेन्टिनाका प्रशिक्षक जेर्राडो मार्टिनोले पदबाट राजीनामा दिएका छन् ।

बार्सिलो फुटबल क्लबका पूर्वप्रशिक्षक ५३ वर्षीय मार्टिनोले २६ वर्षदेखिको अर्जेन्टिनाको उपाधिको खडेरी तोड्न असफल भएपछि आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

चिलीसँगको दोस्रो उपाधि भिडन्तमा ४–२ ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले समेत अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेपछि मार्टिनो दबाबमा थिए ।

अर्जेन्टिनाका केही खेलाडीहरुले प्रशिक्षक मार्टिनोमाथि क्लबस्तरको प्रशिक्षक बन्ने ध्याउन्नमा लागेको आरोप लगाइरहेका बेला उनको राजीनामा आएको हो ।

सन् २०१४ मा प्रशिक्षक बनेका मार्टिनोले अर्जेन्टिनाका लागि १९ खेलमा जित निकालेका थिए । तर, उपाधि होडमा चिलीसँग हारेपछि मार्टिनो फेरि क्लबस्तरको प्रशिक्षक फर्कने भएका छन् ।

मार्टिनोको राजीनामा आएपछि अगस्ट ४ बाट ब्राजिलको रियोमा हुने ओलम्पिकका लागि अर्जेन्टिनाले नयाँ प्रशिक्षक खोज्न थालेको छ ।

अर्जेन्टिानकै नागरिक प्रशिक्षक मार्टिनो बाहिरिएसँगै अर्जेन्टिनालाई खेलाडी छनोटमा पनि समस्या भएको छ । मेसीसँगै अन्य खेलाडीले पनि सन्यास लिने बताएपछि अर्जेन्टिना अफ्ठेरोमा परेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.