‘भारतको डिजाइनमा सरकार परिवर्तन'

‘भारतको डिजाइनमा सरकार परिवर्तन'

भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार परिवर्तन भारतको चाहनामा भएको बताएका छन् ।

बुधबार रफत सञ्चार क्लबको साक्षात्कारमा बोल्दै बिजुक्छेले  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले भारतको निर्देशनमा सरकार परिवर्तन गरेको आरोप लगाए ।

मुलुकको आवश्यकताले भन्दा पनि भारतको चाहनाअनुसार वर्तमान सरकार परिवर्तन भएको  उनको भनाइ छ ।

बिजुक्छेले चीनका राष्ट्रपतिको नेपाल भ्रमण तय भए त्यसले नेपाल र नेपालीको हितमा हुन सक्ने ठानेर भारतले देउवा र प्रचण्डलाई गोटी बनाएको आरोप लगाए ।

उनले भ्रमणले सम्झौतालाई ओझेलमा पार्ने खेलकै कारण सरकार परिवर्तन भएको भन्दै नयाँ सरकारले चीनसँग गरिएका सम्झौताको कार्यान्वयन तर्फ अग्रसर बन्न नसके यसले नेपालीलाई ठूलो बेफाइदा हुने बताए ।
 
वर्तमान सभामुख ओनसरी घर्ती निवासमा कांग्रेस र माओवादी केन्द्रका नेताको बैठकपछि सरकार परिवर्तनको डिजाइन गरिनु र चलखेल हुनुले सभामुखको निष्पक्षमाथि प्रश्न उठेको समेत उनले बताए ।

सरकार परिवर्तनसँगै भुकम्पपीडित, बाढीपहिरोपीडित, मधेशको समस्या समाधानको पाटो र संविधान कार्यान्वयनको पाटोमा समस्या देखिने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.