के हो अबको राजनीतिक बाटो ?

के हो अबको राजनीतिक बाटो ?

काठमाडौँ: व्यवस्थापिका संसद सचिवालय सिंहदरबारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा संयुक्तले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि अबको राजनीतिक बाटो के हुने भन्ने चर्चा बढेको छ । संसद सचिवालयमा दर्ता भएको अविश्वासको मतलाई अब सचिवालयले सभामुख समक्ष जानकारी गराउने छ ।

व्यवस्थापिका–संसदको नियमावली २०७३ अनुसार अविश्वासको प्रस्तावमाथि प्रक्रिया पुर्याउन एक साताको समय हुन्छ ।

अविश्वासको प्रस्तावबारे सभामुखले संसदमा छलफलको मिति र समय तोकी सूचना सार्वजनिक गर्ने प्रावधान संसद नियमावलीमा  छ ।

कांग्रेस र माओवादीको माग अनुसार प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछिको अवस्थामा अविश्वासको प्रस्तावमाथि छलफल भने आजको ठिक एक हप्तापछिबाट मात्र संसदमा सुरु हुनेछ ।
 
उक्त प्रस्ताव संसदमा छलफलका लागि पेश भएपछि मात्र प्रस्तावमाथि छलफल हुनेछ । छलफलपछि प्रस्ताव फिर्ता लिन आग्रह हुने छ र प्रस्ताव फिर्ता नभएपछि भोटिङ हुनेछ । भोटिङमा प्रधानमन्त्रीको पक्षमा बहुमत नदेखिए प्रधानमन्त्री पदबाट मुक्त हुने छन् ।
 
माओवादीले सरकारको समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीको पक्षमा बहुमत पुग्ने सम्भावना छैन् ।
कांग्रेस र एमालेले यही प्रक्रियाबाट प्रधानमन्त्रीलाई पद मुक्त गराउन बुधबार दिउँसो संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्ताव आजै दर्ता भएपछि संसद नियमावली अनुसार भने प्रस्तावमाथि छलफल अर्को बुधबारबाट मात्र सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.