संघीय गठबन्धनले ओलीविरुद्ध मतदान गर्ने
काठमाडौँ: लामो समयदेखि आन्दोलनरत संघीय गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
बुधबार बसेको संघीय गठबन्धनको बैठकले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रामनरेश यादवले अन्नपूर्णलाई जानकारी दिए।
‘हामी ओली ढाल्ने कुरामा पछि पर्दैनौँ,' यादवले भने, ‘ओलीको विपक्षमा व्यवस्थापिका संसदमा रहेका गठबन्धनका ४४ सभासद्ले मतदान गर्ने छन्।'
बुधबार दिउँसोमात्र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री ओलीविरुद्ध व्यवस्थापिका संसदको सचिवालयमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।
प्रतिक्रिया दिनुहोस !