शुक्रबारसम्मका लागि संसद् बैठक स्थगित

 शुक्रबारसम्मका लागि संसद् बैठक स्थगित

काठमाडौँः व्यवस्थापिका संसदको बैठक साँझ पाँच बजेसम्म पनि बस्न नसकेपछि शुक्रबारसम्मका लागि स्थगित भएको छ।

बुधबार दिउँसो तीनबजे बस्ने भनिएको बैठक साँझसम्म पनि बस्न नसकेपछि संसद सचिवालयले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको हो ।

सभामुख ओनसरी घर्तीसँग छलफल गरेर संसद सचिवालयले सूचना टाँसेर बैठक स्थगित गरेको हो ।

बुधबार दिउँसो ३ बजे नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि निर्धारित समयमा बैठक हुन नसकेको हो ।

कांग्रेस र माओवादीले संसदमा अविश्वासको प्रस्तावको विषयमा सम्बोधन गर्न पाउनुपर्ने माग गरेका थिए भने सचिवालयले आर्थिक विधयेकमा कुरा हुनुपर्ने बताएको थियो ।

यही विवादलाई लिएर सभामुखसँगको छलफलपछि बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.