‘सहमतीय सरकारका लागि माओवादी अझै तयार'

 ‘सहमतीय सरकारका लागि माओवादी अझै तयार'

काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले सहमतीय सरकारका लागि अझै आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

संवाद क्लबले गरेको कार्यक्रममा उनले राष्ट्रिय सहमतिका लागि आफूहरुले सरकार छाडेको बताउँदै अब संविधान कार्यान्वयन, भूकम्पपीडितको राहत, पुनःनिर्माण र सङ्घीयतालगायत कार्यान्वयनका लागि सहमतीय सरकार आवश्यक रहेको बताए ।

नेता शर्माले मधेसी दलको आन्दोलन चलिरहेकाले सहमतीय सरकार बनाएर उनीहरुको मागलाई सम्बोधन गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

एमाले नेता गङ्गालाल तुलाधरले भूकम्पपछि जसरी तीन प्रमुख दल एकै ठाउँमा आए त्यसरी नै अहिले पनि तीनै एकै ठाउँमा आएर संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले सहमतिका लागि सबै राजनीतिक दलले एउटा सूत्र बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै दिँदै भने, ‘जसरी अहिले केपी ओली सरकारमा टाँसिरहने भन्ने आरोप छ, त्यो गलत हो हामी संवैधानिक किसिमले बहिर्गमन हुन्छौँ ।'

नेपाली कांग्रेसका नेता शङ्कर भण्डारीले प्रधानमन्त्री ओलीले राजीनामा दिइ सहज वातावरण बनाई मार्ग प्रशस्त गर्नुपर्ने विचार व्यक्त गरे ।
‘कुनै पनि दल सरकारमा रहनु र नरहनु कुनै ठूलो कुरा होइन,' उनले भने, ‘संविधानमा भएका कुरा जनताले उपभोग गर्न पाउनु ठूलो कुरा हो ।' रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.