सनराइज र नारायणी नेसनलको एकीकृत कारोबार

सनराइज र नारायणी नेसनलको एकीकृत कारोबार

काठमाडौं: सनराइज बैंक लिमिटेडले नारायणी नेसनल फाइनान्सलाई प्राप्त गरी बिहीबारबाट एकीकृत वित्तीय कारोबार सुरु गरेको छ ।

एकीकृत कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गरेका छन् । सो अवसरमा नारायणी नेसनल फाइनान्सका अध्यक्ष लक्ष्मीदास मानन्धरले सो संस्था दर्ताको प्रमाणपत्र सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडलाई हस्तान्तरण गरेका छन् । नारायणी नेसनल फाइनान्सका १४ वटा शाखा कार्यालयमा समेत छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी एकीकृत कारोबार सुरु गरिएको बैंकले जनाएको छ ।

उक्त अवसरमा गभर्नर डा. नेपालले सनराइज बैंकले नारायणी नेसनल फाइनान्सलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेकोमा शुभकामना दिँदै यस एकीकरणबाट सनराइज बैंक थप सशक्त भई ग्राहक तथा सेयरधनीलाई अझ बढी सेवा सुविधा प्रदान गर्दै सबल वित्तीय संस्थाको रूपमा अगाडि आउने विश्वास व्यक्त गरेको बैंकले जनाएको छ ।

सनराइज बैंकका अध्यक्ष दुगडले प्राप्तिपछि बैंकको चुक्ता पुँजी करिब चार अर्व पुगेको तथा राष्ट्र बैंकले तोकेको आठ अर्बको चुक्ता पुँजी तोकिएको समयावधिभित्रै पूरा गर्ने बताएका छन् । एकीकरणपश्चात् बैंकका ६७ शाखा, ६९ एटीएमसहित निक्षेप ५० अर्ब र कुल कर्जा ४३ अर्ब पुगेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.