कांग्रेस महामन्त्री शशाङ्क दुई दिनपछि घर फर्किने

कांग्रेस महामन्त्री शशाङ्क दुई दिनपछि घर फर्किने

काठमाडौँः नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला दुई दिनपछि घर फर्कने भएका छन्।

कोइरालाको स्वास्थ्य क्रमिक सुधार भएकाले दुई दिनपछि घर जानसक्ने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।

डा हरिश जोशीले भने, ‘अहिले उहाँको स्वास्थ्य स्थिति ठीक छ। नशाबाट औषधि दिनुपर्ने र चिकित्सकको निगरानी राख्नुपर्ने भएकाले उनलाई अस्पतालमा राखिएको हो।'

डा जोशीले दुई दिनमा औषधिको मात्रा पूरा हुने र त्यसपछि उहाँलाई घर पठाइने जानकारी दिए।

महामन्त्री कोइरालाले साधारण खानपान गरिरहेका छन्।  उनको उच्च रक्तचाप, मुटुको धड्कन र युरिनको मात्रा पनि सामान्य अवस्था आइसकेको डा जोशीले बताए।

महामन्त्री कोेइरालाको स्वास्थ अकस्मात् गम्भीर भएपछि असार २१ गते ओम अस्पतालमा भर्ना गरिएको थियो। अचेत अवस्था रहेका उनलाई सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो।

उनको उपचारमा नेपालका ख्यातिप्राप्त चिकित्सको टोली खटिएको थियो। डा कोइरालाको उपचारमा उनकी पत्नी डा सुपात्रा कोइराला, डा अर्जुन कार्की, डा भगवान् कोइराला, डा युएन पाठक, डा लव जोशी, डा श्याम महर्जन, डा सुवास आचार्य, डा महेश भट्टराई, डा रवीन्द्र श्रेष्ठ, डा रावल पाठक, डा पिके क्षेत्री, डा हरिकिशोर श्रेष्ठ, डा हरिश जोशीलगायतका १५ जनाभन्दा बढी चिकित्सकको टोली सक्रिय रहेको थियो। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.