'संमणकालीन व्यवस्थामा नयाँ सरकार गठनको सम्भावना छैन्'
काठमाडौँ: उपप्रधान एवम् रक्षा तथा गृहमन्त्री भीम रावलले संविधानतः मुलुकको सङ्क्रमणकालीन व्यवस्थामा नयाँ सरकार गठनको सम्भावना नरहेको बताएको छन्।
राजधानीमा आयोजित कार्यक्रममा उनले सरकारले संसद्मा अविश्वासको प्रस्ताव सामना गर्ने दृढता प्रकट गर्दै संविधानद्वारा निर्दिष्ट मार्ग अवलम्बन गरी मुलुकलाई अगाडि बढाइने बताए।
उपप्रधानमन्त्री रावलले नयाँ सरकार गठन गर्नुपर्दा संविधान संशोधन तथा दलहरुबीच सहमतिको खाँचो पनि औँल्याए।उनले विभिन्न दलको साथ र सहयोगमा संविधान जारी भए जस्तै संविधान कार्यान्वयनका लागि प्रमुख तीन दलको भूमिका मुलुकका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउने उद्देश्यले वर्तमान सरकारको गठबन्धनलाई प्रभावित बनाएकामा चिन्ता व्यक्त गर्दै उनले सरकारले संसद्मा प्रस्तुत गरेका आर्थिक विधेयकलाई सभामुखले प्राथमिकता नदिएका विषयमा संसद्मा छलफल हुने जानकारी दिए।
नेता रावलले देशमा संविधान जारी भएपछि विभिन्न कठिनाइका साथ राष्ट्रियताको जगमा उभिएको वर्तमान सरकारले सुशील कोइराला नेतृत्वको सरकारका पालादेखि कायम भएको नाकाबन्दीलाई हटाएको स्मरण गराए।
देशका विभिन्न स्थानमा भूकम्पले पुर्याएको धनजनको क्षतिबाट प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन तथा पुनःनिर्माणका कार्यलाई अगाडि बढाउन सरकारले आवश्यक ऐन निर्माण गरेको पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस !