अविश्वासको प्रस्ताव अघि बढाउने प्रचण्ड र देउवाको निर्णय

अविश्वासको प्रस्ताव अघि बढाउने प्रचण्ड र देउवाको निर्णय

काठमाडौँः नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने निर्णय गरेका छन्।

बुधबार साँझ कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारबा बसेको दुई दलका शीर्ष नेताको बैठकले अविश्वासको प्रस्ताव अगाडि बढाउने निर्णय गरेको हो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘संसदमा पेश भएको अविश्वासको प्रस्ताव अगाडि बढाउने निर्णय भएको छ।'

बिहीबारको संसद बैठकमा कांग्रेस र माओवादीले एक साता अघि संसदमा दर्ता गरको प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

कांग्रेस र माओवादीको छलफलमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंहलगायत सहभागी थिए भने माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड', कृष्णबहादुर महरालगायत नेता उपस्थित थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.