ओली, देउवा र प्रचण्डले जे भन्छन् त्यही गर्छुः सभामुख

ओली, देउवा र प्रचण्डले जे भन्छन् त्यही गर्छुः सभामुख

काठमाडौँ: सभामुख ओनसरी घर्ती मगरले प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेर मात्र व्यवस्थापिका संसदको कार्यसूची अगाडि बढाउने बताएकी छन्।
बुधबार साँझ बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमालेले प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि प्रस्तुत भए संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले यस्तो बताएकी हुन्।ले प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेर मात्र व्यवस्थापिका संसदको कार्यसूची अगाडि बढाउने बताएकी छन्।

बुधबार साँझ बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमालेले प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि प्रस्तुत भए संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले यस्तो बताएकी हुन्।

अविश्वासको प्रस्ताव कि आर्थिक विधेककमाथि छलफल गर्ने भन्ने विवाद चुलिदै गएका बेला सभामुखले प्रमुख दलसँग छलफल गरेर मात्र अगाडि बढ्ने बताएकी हुन्।

सभामुखले बिहीबार बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'सँग छलफल गरेर मात्र संसदको कार्यसूची अगाडि बढाउने भएकी छन्।

कार्य व्यवस्था समितिको बैठकपछि अन्नपूर्णसँग कुरा गर्दै सभामुखका प्रेस सल्लाहाकार बविन शर्माले भने, ‘सभामुखले प्रमुख दलका बीचको छलफलबाट निस्कने निर्णयका आधारमा मात्र संसदको कार्यसूची अगाडि बढाउने बताउनुभएको छ।'

एमालेले भने बिहीबारको संसद बैठकमा ओली विरुद्धको अविश्वासको प्रस्ताव भन्दा पहिला बजेटसँग आश्रित आर्थिक विधेयकमाथि छलफल गरेर पारित गर्नुपर्ने अडान राखेको छ।

बुधबार सभामुखले राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड सँग गरेका छलफलमा समेत सहमतिबाटै अगाडि बढ्ने सुझाव आएको छ। शर्माले भने, ‘सबै छलफलबाट सहमतिका साथ अगाडि बढ्दा राम्रो हुन्छ भन्ने सुझाव आएका छन्।'

जुन कार्यसूचीमा सहमति हुन्छ त्यसैलाई बिहीबारको संसद बैठकमा पेश गरेर अगाडि बढ्ने तयारी भएको छ।

आर्थिक विधेयक र अविश्वासको प्रस्ताव बाहेक अन्य कुनै विकल्प भए त्यसका आधारमा अगाडि बढ्न समेत सभामुख लचक भएकी छन्।
संसदको कार्यसूची अनुसार नै संसद बैठक अघि बढ्ने शर्माले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.