हुवावे पी ९ नेपालमा, मूल्य ६० हजार

हुवावे पी ९ नेपालमा, मूल्य ६० हजार

काठमाडौँः चिनियाँ मोबाइल कम्पनी हुवावेको पी सिरिजअन्तर्गत पी ९ नेपाली बजारमा भित्रिएको छ । दुईवटा सिम चलाउन सकिने पी ९ को नेपाली बजारमा मूल्य ६० हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले विशेष कार्यक्रम गरेर मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको हो । पछिल्लो समय स्मार्टफोनको बजारमा आक्रामक ढंगले आएको पी ९ फोटोग्राफीका लागि विशेष भएको दाबी गरिएको छ ।

हुवावे टेक्नोलोजी नेपालका मार्केटिङ म्यानेजर सुमित प्रधानांगले लाइकाको लेन्स प्रयोग गरेको हुँदा फोनको पछाडि १२ मेगापिक्सेलका दुईवटा क्यामरा रहेको बताउँदै यसबाट उत्कृष्ट फोटो खिच्न सकिने दाबी गरे ।

व्यावसायिक फोटोग्राफर किशोर कायस्थले फोटोग्राफीका लागि पी ९ उत्कृष्ट भएको आफ्नो निष्कर्ष रहेको सुनाए । फोरजी एलटीई नेटवर्क सपोर्ट गर्ने पी ९ मा ९५५ ओक्टाकोर प्रोसेसर छ भने तीन हजार एमएच पावरको ब्याट्री छ ।

पछिल्लो समय स्मार्टफोनको बजारमा आक्रामक ढंगले आएको पी ९ फोटोग्राफीका लागि विशेष भएको दाबी गरिएको छ ।

थ्रीडी फिंगरप्रिन्टसहित पहिलेका कमीकमजोरी नयाँ सिरिजमा हटाएको कम्पनीले जनाएको छ । यसमा तीन जीबी ¥याम तथा ३२ जीबीको इन्टरनल मेमोरी रहेको छ, जसलाई एक सय २८ जीबीसम्म बढाउन सकिन्छ । पी ९ ५.२ इन्च डिस्प्लेका साथ तीन रङ गोल्ड, टाइटायानिक ग्रे र मिस्टिक सिल्भरमा उपलब्ध छ । फोनमा ६.१ ओएस प्रयोग भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.