सेलम्याक्सका फोन नेपाली बजारमा
काठमाडौं: भारतीय मोबाइल फोन कम्पनी सेलम्याक्सका टेक्नोलोजी लिमिटेडको उत्पादन नेपाली बजारमा भित्रिएको छ । शुक्रबार कार्यक्रम आयोजना गरी कम्पनीले नेपालमा बिक्री सुरु गरेको जनाएको छ ।
सेलम्याक्सका टेक्नोलोजी लिमिटेडका नेपालका लागि आधिकारिक विक्रेता अदिति ट्रेड लिंक प्रालिले नेपालमा सेलम्याक्सका स्मार्टफोनका साथै घरायसी सामग्रीको पनि बिक्री सुरु गरेको हो । सेलम्याक्सका उत्पादन बनावटका साथै मूल्यको आधारमा पनि अन्य कम्पनीको तुलनामा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।
सेलम्याक्स टेक्नोलोजी लिमिटेडका प्रबन्ध निर्देशक श्रीनिवास रोयले नेपालमा सेलम्याक्सका लागि नेपाल एउटा उत्कृष्ट बजार भएको बताउँदै नेपालमा बिक्री सुरु गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले नेपालमा व्यापार सुरु गरेसँगै भारतको बजारबाट सार्क राष्ट्रमा पुग्न मद्दत पुग्ने बताए । कम्पनीको प्रमुख प्राथमिकता भनेको उत्कृष्ट प्रविधिका साथ ग्राहकलाई सहज र सुलभ मूल्यमा घरायसीलगायत इलेक्ट्रोनिक्स सामग्री उपलब्ध गराउनु रहेको उनले बताए ।
नेपालमा सेलम्याक्सले विभिन्न रेन्जमा विभिन्न वर्गलाई लक्षित गरी निरन्तर सामान भिœयाउने रोयले बताएका छन् । उनका अनुसार युवा र महिला कम्पनीका प्रमुख लक्षित वर्ग हुन् । उनले कम्पनी ३० दिनसम्म निरन्तर चल्ने फोन र घधरायसी सामग्रीका साथ नेपालका ग्रामीण भेगमा पनि पुग्ने जानकारी दिए ।
अदिति ट्रेड लिंकका निर्देशक उमेश अधिकारीले नेपालमा छोटो समयमा नै कम्पनीले १५ सयभन्दा बढी सर्भिस सेन्टरका साथै बिक्री केन्द्र स्थापना गरी ग्राहकमाझ पुग्ने बताए । उनले सेलम्याक्ससँग सहकार्ग गर्न पाउँदा खुसी भएको बताए । उनका अनुसार सेलम्याक्सका स्मार्टफोन नेपाली बजारमा उपलबध भएका अन्य कम्पनीको तुलनामा सुलभ हुनेछन् । उनले प्रविधिको हिसाबमा सेलम्याक्सका फोन तथा घरायसी सामग्री उत्कृष्ट हुनुको साथै गुणस्तरीय रहेको बताए ।
कम्पनीले अहिले तीनवटा स्मार्ट फोन बजारमा ल्याएको छ । बजार मूल्य अहिलेसम्म नतोकिए तापनि अधिकारीले नेपालमा अन्य कम्पनीको तुलनमा प्रविधिको हिसाबमा पनि उत्कृष्ट र मूल्यमा पनि सुलभ हुने विश्वास व्यक्त गरेका छन् ।