सूचनाका लागि ४८ हजार दाखिला
दोलखाःसार्वजनिक सूचना पाउन दोलखामा एक नागरिकले ४८ हजारभन्दा बढी रकम बुझाएका छन् ।जिरी नगरपालिका ९ का विश्वनीति प्रकाशमान सिंह पाख्रिनले सोमबार डिभिजन सडक कार्यालय चरीकोटमा सूचनाबापत ४८ हजार दुई सय १५ रुपैयाँ बुझाएका हुन् ।
सार्वजनिक निकायको सूचना माग गर्न सबैभन्दा बढी रकम भुक्तानी गर्ने आफू पहिलो भएको उनले दाबी गरेका छन् । ‘मैले यसअघि पनि जिविस दोलखा, खानेपानी डिभिजन, भूमिसुधार विभाग र सडक विभागमा सूचना माग गर्दा तोकिएको दस्तुर भुक्तानी गरेको छु’, उनले भने ।
२०७२ असोज १७ गतेदेखि २०७३ असार १७ गतेसम्म ६ पटक लिखित रूपमा सूचना माग गरेको पाख्रिनले बताए ।
पाख्रिनले ९ हजार ६ सय ४३ पेज सूचनाको प्रति पेज ५ रुपैयाँका दरले भुक्तानी गर्न कार्यालयका सूचना अधिकारी कृष्णकुमार महतोले असार १७ गते पत्राचार गरेका थिए ।
कार्यालयको पत्रअनुसार लाग्ने दस्तुर सोमबार नगद भुक्तानी गरेको पाख्रिनले बताए । उक्त रकम नेपाल बैंकमा रहेको राजश्व खाता नं. १४२२७ मा दाखिला गरिने डिभिजन प्रमुख अशोक तिवारीले जानकारी दिए ।
डिभिजन सडक कार्यालयमा आर्थिक वर्ष २०६६/०६७ देखि २०७१/०७२ सम्मको आलेप प्रतिवेदन र मलेप प्रतिवेदनको प्रतिलिपि, २०६८ देखि २०७१ सम्मको सवारी लग बुकको प्रतिलिपि, २०६८ देखि २०७१ सम्मको मासिक र वार्षिक खर्च फाँटबारीको प्रतिलिपि माग गरेको पाख्रिनले बताए ।
सडक कार्यालयमार्फत सवारी साधानको दुरुपयोग गरी पहुँचवाला व्यक्तिलाई जथाभावी सवारी प्रयोग गर्न दिने, अपारदर्शी रूपमा खर्च हुने गरेको भन्ने सुनेकाले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३(१) र ३(२) बमोजिम आफूले सूचना माग गरेको उनले दाबी गरे ।
सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३(३) ले राष्ट्रिय, अखण्डता, सुरक्षा, मौद्रिक हितविपरीत, व्यक्तिगत, अपराध अनुसन्धानजस्ता सूचना प्रवाह गर्नु नपर्ने उल्लेख छ ।
सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ७ र नियमावली २०६५ को दफा ४ बमोजिम एफोर साइजको कागजको १० प्रतिसम्म निःशुल्क र त्यसभन्दा बढी भएमा प्रति पेज ५ रुपैयाँको दरले सूचना मागकर्ताले नै दस्तुर तिर्नुपर्ने उल्लेख छ । डिभिजन सडक कार्यालय चरीकोटले सो दस्तुर लिएको जनाएको छ ।