यसरी फ्रिज भयो ८५ करोड

यसरी फ्रिज भयो ८५ करोड

वीरगन्जः पर्सा जिल्लामा गत आर्थिक वर्ष ८५ करोड ७९ लाख रुपैयाँ बजेट फ्रिज भएको छ । आर्थिक वर्ष २०७२÷०७३ मा पर्सामा विभिन्न मन्त्रालयबाट निकासा भएर आएको कुल पाँच अर्ब ८० करोड ६६ लाख १५ हजार रुपैयाँ मध्य चार अर्ब ९४ करोड ८७ लाख तीन हजार रुपैयाँ मात्र खर्च भएको छ । बाँकी ८५ करोड ७९ लाख ११ हजार रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साको तथ्यांकमा उल्लेख छ ।

पुँजीगत खर्चतर्फ ५२ करोड ४८ लाख ६७ हजार दुई सय ६५ र चालू खर्चतर्फ ३३ करोड ३० लाख ४४ हजार फ्रिज भएको हो । झन्डै ६ महिना चलेको मधेस आन्दोलन र नाकाबन्दीका कारण ठूला परियोजनाका काम अवरुद्ध हँुदा विकास निर्माणका लागि आएको पुँजीगत बजेट खर्च हुन नसकेर ३१ प्रतिशत अर्थात ५२ करोड ४८ लाख रुपैयाँ फ्रिज भएको हो ।

पर्सामा गत आर्थिक वर्षमा सबैभन्दा बढी सडक, पुल, नाला र भवन निर्माणका लागि स्थानीय विकास, भौतिक योजना तथा निर्माण मन्त्रालय र सहरी विकास मन्त्रालयले निकासा गरेको ४८ करोड पाँच लाख ७२ हजार रुपैयाँ फ्रिज भएको छ । जिल्ला विकास समितिको मात्रै १९ करोड ४० लाख आठ हजार फ्रिज भएको कोलेनिकाको तथ्यांकमा उल्लेख छ ।

यस्तै हुलाकी राजमार्ग निर्माणका लागि निकासा भएको मध्य १५ करोड ८८ लाख ७१ हजार फ्रिज भएको छ । हालै घोषणा गरिएको पोखरिया नगरपालिकाको पनि एक करोड २४ लाख १५ हजार फ्रिज भएको छ ।

कृषि विकास र सिँचाइ मन्त्रालयबाट निकासा भएको मध्य सात लाख ५२ लाख ९६ हजार फ्रिज भएको छ । यसैगरी स्वास्थ मन्त्रालयबाट निकासा भएर आएको मध्य पाँच करोड ८९ लाख ७३ हजार र वन तथा भूसंरक्षण मन्त्रालयबाट निकासा भएको मध्य एक करोड ८३ लाख ८५ हजार फ्रिज भएको छ ।
कोलेनिकाका अनुसार गत आर्थिक वर्षमा पर्यटन मन्त्रालयले निकासा गरेर पठाएको मध्य २२ लाख ९३ हजार खर्च हुन सकेन ।

पर्सा जिल्लामा रहेका विकासे कार्यालय मध्य वीरगन्ज उपमहानगरपालिका कार्यालय बाहेक अन्य सबै कार्यालयको रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका कोष नियन्त्रक हृदयनारायण साहले जानकारी दिए । ‘गत आर्थिक वर्ष सबैभन्दा बढी सडक र पुलको बजेट फ्रिज भएको छ 'स्थानीय विकास अधिकारी विश्व प्रकाश अर्यालले भने, ‘ठेकेदारले लापरबाही गरेका कारण नै बढी रकम फ्रिज भएको हो ।'

उपभोक्ता समितिकको विवादका कारण पनि धेरै जसो विकास निर्माणको काम हुन नपाएको स्थानीय विकास अधिकारी अर्यालले बताए । तर, कोलेनिकाका कोष नियन्त्रक साहले भने कार्यालय प्रमुख र प्राविधिकको लापरबाहीका कारण धेरै जसो बजेट फ्रिज भएको बताए । 'समयमै काम नसक्ने ठेकेदार पनि दोषी छन्', उनले भने, ‘तर त्योभन्दा बढी दोषी कार्यालय प्रमुख र प्राविधिक नै हुन् ।

'मधेस आन्दोलन र बन्द, हडतालले ठूला परियोजनाका काम रोकिँदा खर्च हुन नसकेर रकम फ्रिज भएको उनले बताए । इन्फोपुँजीगत खर्चतर्फ ५२ करोड ४८ लाख ६७ हजार दुई सय ६५ र चालू खर्चतर्फ ३३ करोड ३० लाख ४४ हजार फ्रिज भएको हो ।

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.