बेनी–जोमसोम सडक अबरुद्ध, तीर्थयात्री अलपत्र

बेनी–जोमसोम सडक अबरुद्ध, तीर्थयात्री अलपत्र

बेनीः अबिरल बर्षाका कारण बेनी–जोमसोम सडक अबरुद्ध बनेको छ । ७२ किलोमिटर सडकखण्डको चमरे, राहुपारे, बैसरी, भिरकाट्टे, दाना काभ्रे र बाधरजुँगे भीरमा पहिरो खस्दा मंगलबार रातिदेखि यातायात अवरुद्ध बनेको हो ।

मुक्तिनाथ दर्शन र मुस्ताङ भ्रमणका लागि उपयुक्त सिजन मानिने यो समयमा सडक अवरुद्ध हुँदा स्थल मार्ग हुदै आएका आन्तरिक तथा बाह्य तीर्थयात्री र पर्यटक मारमा परेका छन् ।

यात्रु थुप्रै स्थानमा सवारी साधन परिर्वतन गरेर यात्रा गर्न बाध्य छन् । चमरे र बैसरीमा सडक भासिँदा यात्रुहरु पैदल मार्फत घुमाउरो बाटोबाट यात्रा गर्दै आएका छन् ।

विभिन्न स्थानमा खसेको पहिरोले बेगखोला, तिब्ल्याङ, हिस्तान, शिख, घार, भुरुङतातोपानी, दाना, नारच्याङ लगायत करिब एक दर्जन बस्तीका सर्वसाधारण प्रत्यक्ष समस्यामा परेका छन् ।

ति गाउँहरुमा दैनिक उपभोग्य सामान ढुवानी गर्न समेत समस्या भएको छ । मुक्तिनाथ दर्शन र कागबेनीमा स्नानका लागि भारतीय तीर्थयात्री यतिबेला मुस्ताङमा बढी जाने गरेका छन् ।

बर्षापछिको पहिरोले सडक जीर्ण बनेपछि यात्रा जोखिमपूर्ण बनेको म्याग्दी जीप तथा बस सञ्चालक समितिका सचिब सुमन श्रेष्ठले जानकारी दिए । बर्षाले मुस्ताङ खण्डमा भने खासै प्रभाव पारेको छैन ।

दुई जिल्लाको सीमाना बाँधरजुँगे भीरदेखि म्याग्दीखण्डमा अत्यन्त जोखिम छ । ‘पहिरो नरहेको ठाउँहरुमा पनि हिलोले गाडी जानै सक्ने अवस्था छैन्’, सचिब श्रेष्ठ भने, ‘केहि ठाउँहरुमा हाम्रो गाडीहरु पनि फसेका छन् ।’

पहिरो खसेको स्थानमा यात्रुको सहयोग र उद्धारका लागि प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सीमा प्रहरीचौकी भुरुङतातोपानी र दाना प्रहरीचौकीबाट प्रहरी परिचालन भएका हुन् ।

पर्यटकको चाप बढी हुने यो सडकखण्डका बुधबार बिहानै प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले स्थलगत निरीक्षण गरेका छन् ।

बर्षाले थुप्रै स्थानमा पहिरो झरेको र सडक जीर्ण बनेकाले सडक विभाग बाग्लुङसँग सहकार्य गरेर यातायात सञ्चालनको प्रयास गरिएको प्रजिअ आचार्यले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.