जनताको ज्यान जोगाउँदै नेपाली सेना (फोटोफिचर)

जनताको ज्यान जोगाउँदै  नेपाली सेना (फोटोफिचर)

काठमाडौँः पछिल्ला दुई दिनमा बाढीले देशभरको जनजीवन अस्तव्यस्त भएको छ । बाढी र पहिरोले दुई दिनमा देशभर ७२ जनाको मृत्यु भएको र दर्जनौ बेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ । बाढी र पहिरोले मुलुकभरको जनजीवन प्रभावित हुँदा नेपाली सेनाले उद्धारको क्रमलाई युद्धस्तरमा अगाडि बढाएको छ ।

सेनाले उद्धारका लागि तीन हेलिकोप्टर तयारी अवस्थामा राखेको नेपाली सेनाका प्रवक्ता प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।

कार्कीका अनुसार सेनाले तयारी गरेका तीन हेलिकोप्टर मध्ये एउटा पूर्वक्षेत्रको उद्धारका लागि इटहरीमा राखिएको छ । मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका लागि सुर्खेतमा र मध्येक्षेत्रको उद्धारका लागि अर्को हेलिकोप्टर काठमाडौँमा तयारी अवस्थामा छ ।

सेनाको मुख्यालयले बाढी र पहिरोपीडितको उद्धारका लागि देशभरका सैनिक युनिटलाई समेत जनताको जिऊ, ज्यान र सम्पत्ति जोगाउन सक्रियतापूर्वक सहयोग गर्न निर्देशन दिएको छ ।
 
सेनाले बाढी र पहिरोपीडितको उद्धार, राहत र आपतकालिन अपरेशन गर्दै आएको छ  । ‘हामी पहिला उद्धार गर्छौँ, त्यसपछि राहतको काम हुन्छ र आपतकालिन ‘अपरेशन’लाई अगाडि बढाउछौँ’, कार्कीले भने । 

देशभरका बाढी पहिरो प्रभावित क्षेत्रमा सेनाले स्थानीय युनिटबाट व्यापक रुपमा फौज परिचालन गरेको मुख्यालयले जानकारी दिएको छ ।

अपतकालीन उद्धार गर्न ७५ करोड माग
गृह मन्त्रालयले आपतकालीन उद्धार र राहतका लागि प्रधानमन्त्री राहत कोषबाट ७५ करोड  रुपैयाँ माग गरेको छ । बुधबार बिहान बसेको गृहमन्त्रालय अन्तर्गतको दैवी प्रकोप उद्धार समितिको बैठकले बाढी पहिरोपीडितको उद्धारका लागि उक्त रकम माग गरेको हो ।

गृहमन्त्रालयकोसमेत जिम्मेवारी लिएका रक्षामन्त्री भीम रावलले बाढी तथा पहिरोमा परेका वृद्धावृद्धा, बालबालिका र सुत्केरीलाई प्राथमिकता दिन निर्देशन समेत दिएका छन् ।

सरकारले अत्यावश्यक ठाउँमा हेलिकोप्टर पठाएरसमेत उद्धार गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले बाढी पहिरोमा परेकालाई नेपाल प्रहरीको हटलाइन १०० मा खबर गर्नसमेत अपिल गरेको छ ।

कुन जिल्लामा कतिको मृत्यु

गृहमन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी प्युठानमा ३८ जनाको मृत्यु भएको छ । गुल्मीमा ७, बाग्लुङमा ६, पाल्पामा ४, रोल्पामा ४, मकवानपुरमा ३, अर्घाखाँची र रुपन्देहीमा २–२, झापा, पर्वत, दाङ, उदयपुर, बारा, काठमाडौँ, दोलखामा १–१ जनाको मृत्यु भएको छ । कोसी, बबई, गण्डक नहरमा पानीको बहाव बढ्ने क्रम रोकिए पनि खतरा अझै नटरेको गृहमन्त्रालयले बताएको छ ।  उद्धार र राहतका लागि नेपाली सेना सँगै, प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.