बेनी–जोमसोम सडकमा ठाउँठाउँमा पहिरो

बेनी–जोमसोम सडकमा ठाउँठाउँमा पहिरो


बेनीः अविरल वर्षाका कारण बेनी-जोमसोम सडकखण्डको आधा दर्जन स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । ७२ किलोमिटर सडकखण्डको चमरे, राहुपारे, बैसरी, भीरकाट्टे, दाना काभ्रे र बाधरजुँगे भीरमा पहिरो खस्दा मंगलबार रातिदेखि यातायात अवरुद्ध बनेको हो । मुक्तिनाथ दर्शन र मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिने यो समयमा सडक अवरुद्ध हुँदा स्थलमार्ग हुँदै आएका तीर्थयात्री र पर्यटक मारमा परेका छन् ।

उनीहरू थुप्रै स्थानमा सवारीसाधन परिर्वतन गरेर यात्रा गर्न बाध्य छन् । चमरे र बैसरीमा सडक भासिँदा यात्रु पैदलमार्फत घुमाउरो बाटो हुँदै यात्रा गर्दै आएका छन् । विभिन्न स्थानमा खसेको पहिरोले बेगखोला, तिब्ल्याङ, हिस्तान, सिख, घार, भुरुङतातोपानी, दाना, नारच्याङलगायत करिब एक दर्जन बस्तीका सर्वसाधारण समस्यामा छन् । ती गाउँहरूमा दैनिक उपभोग्य सामान ढुवानी गर्नसमेत समस्या भएको छ । मुक्तिनाथ दर्शन र कागबेनीमा स्नानका लागि भारतीय तीर्थयात्री यतिबेला मुस्ताङ जाने गरेका छन् ।

वर्षापछिको पहिरोले सडक जीर्ण बनेपछि यात्रा जोखिमपूर्ण बनेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले जानकारी दिए । वर्षाले मुस्ताङ खण्डमा भने खासै प्रभाव पारेको छैन । दुई जिल्लाको सिमाना बाँधरजुँगे भीरदेखि म्याग्दीखण्ड अत्यन्त जोखिममा छ । ‘पहिरो नगएको ठाउँमा पनि हिलोले गाडी जान सक्ने अवस्था छैन', सचिव श्रेष्ठले भने, ‘केही ठाउँमा हाम्रा गाडी पनि फसेका छन् ।'

 

पहिरो खसेको स्थानमा यात्रुको सहयोग र उद्धारका लागि प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सीमा प्रहरीचौकी भुरुङतातोपानी र दाना प्रहरीचौकीबाट प्रहरी परिचालन भएका छन् ।पर्यटकको चाप बढी हुने यो सडकखण्डमा बुधबार बिहानै प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले स्थलगत निरीक्षण गरेका छन् । वर्षाले थुप्रै स्थानमा पहिरो झरेको र सडक जीर्ण बनेकाले सडक विभाग बागलुङसँग सहकार्य गरेर यातायात सञ्चालनको प्रयास गरिएको प्रजिअ आचार्यले बताए ।

‘तीनवटै सुरक्षा निकाय तयारी अवस्था छन्, अहिले नेपाल प्रहरीका जवान पहिरो प्रभावित क्षेत्रमा खटिरहेका छन्', उनले भने, ‘राष्ट्रिय महत्त्वको यो सडकलाई सीधा र नियमित सञ्चालन ल्याउने गरी काम गरिरहेका छौँ ।' सडक विभागले गलेश्वर र दाना क्षेत्रमा डोजर प्रयोग गरेर पहिरो हटाउने काम गरिरहेको प्रशासनले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.