कन्काइको नाफा पाँच करोड २२ लाख

काठमाडौं: कन्काइ विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७२÷०७३ मा पाँच करोड २२ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।
बैंकले अघिल्लो आर्थिक वर्षमा चार करोड २० लाख ७६ हजार सञ्चालन मुनाफा र दुई करोड ६५ लाख ६० हजार खुद मुनाफा आर्जन गरी २५ प्रतिशत बोनस सेयर वितरण गर्न सफल भएको थियो ।
बैंकले एक अर्ब तीन करोड कर्जा लगानी गरी १४ करोड १९ लाख ब्याज आम्दानी गरेको जनाएको छ । भने बैंकले एक अर्ब २८ करोड निक्षेप संकलन गरी ६ करोड सात लाख ब्याज खर्च गरेको जनाएको छ ।
झापा, मोरङ र इलाम गरी तीन जिल्लामा कार्य क्षेत्र भएको यस बैंकले मुख्य कार्यालय दमकसहित नौवटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस !
