डटसनको ‘रेडी–गो' नेपालीका लागि

काठमाडौं: डटसन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नेपाली बजार सुहाउँदो नयाँ गाडी ‘रेडी–गो' ल्याएको छ । जापानमा बनेको ‘रेडी–गो' मूल्य र प्रविधिका आधारमा यसले छोटो समयमा नेपाली बजारमा सफलता पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालमा यो नै पहिलो ‘अर्वन क्रस कार' हो । यो गाडी १३ लाख ९९ हजारको आकर्षक मूल्यमा मंगलबारदेखि कम्पनीले नेपाली बजारमा सार्वजानिक गरेको छ ।
बनावट र यसमा प्रयोग गरिएको प्रविधिले यो गाडी नेपाली बाटो सुहाँउदो रहेको छ । गाडीमा नयाँ ‘०.८ एल थ्री सिलिन्डर आई–स्याट' पेट्रोल इन्जिनको प्रयोग गरिएको यो गाडीले २५.१७ किलो मिटर प्रतिलिटरका दरले माइलेज प्रदान गर्ने छ । जुन यो श्रेणीमा नै उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो गाडीमा फाइभ–स्पिड म्यान्युएल ट्रान्समिसनको प्रयोग गरिएको छ ।
यसले १५.९ सेकेन्डमा ० देखि १०० किलोमीटर प्रतिघन्टा स्पिड प्रदान गर्ने कम्पनीले जनाएको छ । गाडीले १ सय ४० किलोमिटर प्रतिघन्टासम्मको स्पिड प्रदान गर्नेछ । यसमा प्रयोग गरिएको नयाँ सस्पेन्सन प्रणालीले गाडीको प्रयोगमा आरामदायीता प्रदान गर्ने कम्पनीको दाबी छ ।
गाडीमा पर्याप्त स्पेसकाका साथ आकर्षक बनावट छ । गाडीको सिटमा प्रिमियम फेब्रिक कभर भएको सिट, ‘रुम ल्याम्प', चालक सहजतका लागि ड्राइभ कम्प्युटर, डिजिटल टेन्नोमिटर, एसीका साथै म्युजिक सिस्टमको पनि प्रयोग गरिएको छ ।
एक सय ८५ एमएमको ग्राउन्ड म्लियनेस रहेको यो गाडी इलेक्ट्रोनिक पावर स्टेएरिङको प्रयोग गरिएको छ । रोमाञ्चक यात्राका लागि निमार्ण गरिएको रेडी–गोले एन्ट्री लेभल कार सेग्मेन्टलाई नयाँ परिभाषा दिने लक्ष्य लिएको कम्पनीले जनाएको छ । गाडीमा यात्राको सुरक्षालाई मध्यनजर गर्दै वृहत सेफ्टी प्याकेज ‘डटसन प्रो–सेफे ७' प्रयोग गरिएको छ ।
डटसन प्रो–सेफे ७ अन्तरगत क्लियर भ्युज, सर्ट बे्रकिङ डिसटेन्स, कडा र सुरक्षित बडीका साथै एअर व्याग रहेका छन् ।
उत्कृष्ट परफरमेन्स र स्टाइलिस डिजाइनले भरिएको आधुनिक डटसन रेडी–गो सेतो, सिल्भर, ग्रे, रुबी र लाइम गरी पाँच विभिन्न आर्कषक बडी रङमा उपलब्ध रहेको छ ।
गाडीमा ‘युकन' नामक नयाँ जापानिज डिजाइन फिलोसोफी प्रयोग गरिएको छ । यसले गाडीलाई बहादुर र बोल्ड भन्ने दर्शाउने कम्पनीले जनाएको छ । यो गाडी जापानमा निमाणृ भएता पनि नेपालका लागि निमार्ण गरिएको पायोनियर मोटो कर्प प्रालिका प्रबन्धक निर्देशक सन्दीप शारदाले बताए । उनका अनुसार यो गाडी फ्रेस र आँखा लोभ्याउने स्टाइलिङको साथमा पर्सनलाइज्ड अप्सनमा पनि उपलब्ध रहेको बताए ।
कम्पनीका अनुसार यसले युवा र उत्साहित डटसन रेडी गोका ग्राहकलाई ध्यानमा राखेर ५० सम्भावित एसेसरिज प्रदान गर्नेछ । यो गाडी अर्वन, स्टाइल, कुल, इजी किट, गरी पाँचवटा पर्सनलइज्ड किट अप्सनमा उपलब्ध छ । कम्पनीका अनुसार यसले गाडीलाई आकर्षक बनाएको छ ।
नेपालभर रहेको ११ वटा सेल्स र सर्भिस टर्चप्वाइन्टमा उपलब्ध हुने जनाएको छ । गाडीको खरिदमा ग्राहकले तीन वर्ष अथवा ३० हजार किलो मिटरसम्मको वारेन्टी प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
