चारदिनदेखि बेनीमा खानेपानीको हाहाकार

चारदिनदेखि बेनीमा खानेपानीको हाहाकार

बेनीः पहिरोले पाइप फुटेपछि म्याग्दी सदरमुकाम बेनीमा खानेपानीको हाहाकार मच्चिएको छ ।

बेनी खानेपानी तथा सरसफाई उभपोक्ता संस्थाले राम्चे गाविसस्थित पुम्दीखोला र भकिम्ली गाविसको दुधेखोलाबाट पानी ल्याएर सदरमुकाम बेनी सहित गलेश्वर, बगरफाँट र मंगलाघाट क्षेत्रका साढे ९ सय घरमा खानेपानी आपूर्ति गर्दै आएको छ। तर,  लगातार बर्षाका कारण झरेको पहिरोले विभिन्न स्थानमा पाईप फुटेपछि चार दिनदेखि यस क्षेत्रमा खानेपानी वितरण ठप्प बनेको हो ।

धारामा पानी नआउँदा बजारबासी आकाशे पानीको भरमा जीविका चलाउँदै आएका छन् । नियमित उपभोगदेखि सरसफाइमा समेत स्थानीय समस्या झेल्न बाध्य छन् ।

पुम्दीखोलाको मुहानदेखि केहि तल चार ठाउँमा पाइप भाँचिएको छ भने चमेरे र राहुपारेमा पाइप बगाइदिएको छ । बेनीदेखि गलेश्वरको बीचमा दुई स्थानमा पाइप फुटेको छ । दुधेखोलामा भकिम्ली–९ तोराखेतबाट झरेको पहिरोले पाइपमा क्षति पुर्याएको संस्थाले जनाएको छ ।

बेनी खानेपानी उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले पहिरोले दर्जन बढी स्थानमा पाइपमा क्षति पुर्याएपछि पानी आपूर्ति बन्द भएको बताए ।

सबै ठाउँमा लेदो सहितको पहिरो जाँदा मर्मतमा समस्या देखिएको उनले बताए । दुबै मुहानबाट ल्याइएको पानी बेनीबजार भन्दा माथि बराहपाखो समुदायिक वनमा निर्माण गरिएको ट्याङकीमा जम्मा हुन्छ । प्रतिसेकेण्ड १३ लिटर पानी जम्मा हुने ट्याङकीबाट घर–घरमा पानी वितरण गरिएको छ ।

पुम्दीखोलाबाट तत्काल पानी ल्याउन संभव नभएपछि बुधबारदेखि दुधेखोलाको पानी पहिरोमा वैकल्पिक व्यवस्था मिलाएर ल्याउने प्रयास भइरहे पनि सफल हुन सकिरहेको छैन । प्राविधिक सहितको टोली दुबै स्थानमा खटेपनि सफल नभएको संस्थाका प्रबन्धक चन्द्रबहादुर थापाले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.