दर्दनाक दुर्घटना फोटोफिचर

दर्दनाक दुर्घटना फोटोफिचर

धनकुटाः धनकुटाको सिधुवामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। सातजनाको घटनास्थलमा र ६ जनाको धरानको बीपी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका २९ जनाको अस्पतालमा उपचार भइरहेको छ । संखुवासभाबाट धरानका लागि प्रस्थान गरेको बा २ ख ७३६६ नम्बरको बस  सिधुवा दुर्घटनाग्रस्त भएको जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए। दुर्घटनामा परी माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थराज्य मन्त्री हरिराज खेवाको मृत्यु भएको पुष्टि भएको छ ।

खेवा डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री बनेका थिए । बस दुर्घटनामा मृत्यु भएकामध्ये खेवासहित तीन जनाको मात्रै सनाखत हुनसकेको छ । मृत्यु हुनेमा धरानको वेदप्रकाश अग्रवाल र परेवादिन–४ को तारा बस्नेत रहेका छन् ।

दुर्घटनामा परी दर्जनौँ यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

उद्धारका लागि सदरमुकाम र सिधुवालगायत क्षेत्रबाट प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डाँफे मुनाल यातायातको बस दुर्घटनामा परेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.