मृत्यु छल्दै जोखिम यात्रा (फोटो फिचर)

मृत्यु छल्दै जोखिम यात्रा (फोटो फिचर)

ताघ्रिङ: मनाङ घुम्नका लागि काठमाडौंदेखि आएका बिनोद गुरुङ लमजुङ सदरमुकाम बेसीशहरदेखि जिपमा चढेर आए । ६ जनाको समूहमा आएको उनको टोली ताघ्रिङ–९ को घोप्टेभीरमा आएपछि लामो समय रोकियो । निरन्तर पहिरो गएपछि उनको समूहबीच बाटोमै बस्न बाध्य बन्यो । झण्डै तीन घण्टापछि पहिरोछल्दै यात्रा गर्दा उनीहरु. निकै डराईरहेका देखिन्थे ।

ताघ्रिङको पर्यटकीय गाउँ छापाबाट बेसीशहर फर्कदै गरेको आन्तरिक पर्यटकको टोलीपनि पहिरोले गर्दा घोप्टेभीरमै रोकियो । ‘ ज्याननै हत्केलामा राखेर कसरी यात्रा गर्नु, पर्यटन ब्यवसायी समेत रहेका कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले भने, ‘विश्वकै ‘एडभेन्चरीयस’ यो क्षेत्रमा सडकसँगै केही जोखिम थपिए पनि सडक विभाग लगायतका निकायले ती जोखिमको पहिचान गरेर जोखिम न्युनीकरण गर्नुपर्ने बताए ।’ छापागाउँबाट फर्किएको दुई घण्टापछि यो समूह पनि जोखिम मोलेरै घोप्टेभीरहेको पहिरो कटेको थियो ।

पहिरोमा कोही जोखिम मोलेरै पार गरे । पहिरोबाट कट्न नसकेपछि शहर झर्न खोजेका केही गाउँले भने गाउँ तर्फनै फर्किए । पहिरो रोकिएला र कटौंला भनेर केही यात्रु भने कुरीरहे ।
    
विश्वकै चर्चित अन्नपूर्ण पदयात्रामा आउने पर्यटक पनि त्यही नियती भोग्दै यात्रा गरिरहेका छन् । लमजुङ र मनाङको सिमानामा पर्ने म्यार्दीखोलामा बाढीले पुल बगाएपछि बेसीशहर देखि म्यार्दीखोला सम्म चल्ने जीपहरुको पनि लर्को उस्तै छ । तर, माथीबाट झरीरहेका  भीमकाय ढुङ्गाहरुले यात्रुहरु डराईरहेका छन् ।

सुस्त सुस्त झरीरहेको पहिरो छिनमै रोकिन्छ, छिनमै आवाज निकाल्दै ठुला ठुला ढुङ्गा झरीरहन्छ । तर, ज्यानै हत्केलामा राखेर त्यहीं जोखिमपूर्ण यात्रा गरीरहेका छन्, स्थानीयवासी र पर्यटक ।

ग १ ज ६००२ नम्बरको जीप चलाउने राजीव भण्डारीले यो रुटमा पहिरो छल्दै सवारी चलाएको बर्षौ बित्यो । ‘यो रुटमा चलाउँदा कहिले पहिरो आएर पुर्छु कहिले ढुङ्गाले लाग्छ ठेगाननै हुँदैन, उनले भने , ‘जोखिम मोलेरै भएपनि यात्रा गर्नुको बिकल्प छैन् ।’

उनले यसरी अनुभव सुनाइरहँदा गुडीरहेको ग १ ज ५८१४ जिप पहिरोमै अड्कीरहेको थियो  । माथीबाट एक्कासी पहिरो खस्दा जीप कुच्चिनुका साथै सीसा फुटेको छ । माथीबाट लगातार ढुङ्गाखसेपछि यात्रा गर्ने बृद्ध, महिला र बालबालिकाले निकै सास्ती खेपिरहेका छन् । सामान बोकेरै पहिरो छल्नका दौडीरहेको स्थानीयवासीको पीडा झनै कहालीलाग्दो छ ।

म्यार्दीखोलामा जान हिंडेको सडक विभागको टोली पनि पहिरोमा थुनिएपछि झण्डै आठ घण्टापछि डोजरले पहिरो त पन्छाएको छ तर  माथीबाट ढुङ्गाखस्ने क्रम रोकिएको छैन् । सडक निर्माणका बेला पहरा काटिएपछि घोप्टेगाउँ भन्दा तलको बलौटे फाँट पुरै धाँजा फाटेपछि घोप्टेभीरहुँदै गर्नुपर्ने यात्रामा जोखिम कायमै छ ।  
    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.