ट्याक्टरबाट खसेर एकको मृत्यु

ट्याक्टरबाट खसेर एकको मृत्यु

कुश्माः पर्वत जिल्लाको देविस्थान गाविसमा गएराति ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

देविस्थान २ डिही स्थित कच्ची सडकमा फलेवासवाट कुमाल गाउँ तर्फ जादै गरेको ध१त २६८६ नम्वरको ट्याक्टरमा सवार देविस्थान गाविस–३ का १४ वर्षिय समिर माझीको ज्यान गएको हो ।

कच्ची बाटोमा तिब्र गतिमा गुडेकमो ट्याक्टर वाट खसेर घाईते भएका माझीको उपचारका लागि स्थानिय फलेवास स्वास्थ्य चौकीमा लैजादै गर्दा बिहीवार राति ९ बजे वाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

उक्त ट्याक्टर चालक दिनेश गौतम र सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको पनि प्रहरी निरिक्षक दिपक पातीलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.