उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य पर्रोहा बोलबमधाम

उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य पर्रोहा बोलबमधाम


बुटवलः अढाई दशकको छोटो अवधीमा रुपन्देहीको सैनामैना नगरपालिकास्थित पर्रोहा बोलबमधाम मुलुककै एक अग्रणी धार्मिक पर्यटकीय गन्तव्य बनेको छ ।
बोलबम श्रावणी जलार्पण मेलाले यसलाई पश्चिम नेपालको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाएको हो ।

यही मेलाकै कारण पिछडिएको पर्रोहा गाउँ नगरमा स्तरोन्नती भएको छ । यसले सनातन धर्म संस्कृतिको संरक्षणमा पनि टेवा पुगेकोे छ ।
युवालाई धर्मप्रति आकर्षित गरी सदाचारी बन्न उत्प्रेरित गराउनुका साथै आर्थिक विकासमा टेवा पुगेको छ ।

अन्य पर्यटकीय मौसममा पनि बुद्ध जन्मस्थल लुम्विनी भ्रमणमा आएका विदेशी पर्यटक यहाँ आउने गर्दछन् । यसलाई लुम्बिनी पर्यटन चक्रमा समावेश गर्ने तयारी रहेको छ ।

शुक्रबार थाईल्याण्डबाट आएका थाई नेपाली संघका उपाध्यक्ष कुमार कार्कीले बोलबम धामको महिमाबाट प्रभावित भएको बताए । उनले थाईल्याण्डमा यसको प्रचारप्रसार गर्ने प्रतिवद्धता पनि जनाए ।

मंगलबार नवलपरासीको त्रिवेणीधामबाट गंगाजल उठाई ८७ किलोमिटर राजमार्गमा नाङ्गो खुट्टाले पैदल यात्रा पूरा गरी आएका पाँचसय जना वोलवम यात्रीले शुक्रवार धामस्थित ज्योतिर्लिङ्गमा जलार्पण गरेका छन् ।

यसबाट मनोकामना सिद्ध हुने जनविश्वास छ । काँवरमा गंगाजल बोकेर बोलवम वोलवम भन्दै राजमार्गमा कोही नाङ्गो खुट्टा पैदल त कोही सवारी साधनमा हिडेका पहेंलो वस्त्रधारी तिर्थालुले साउनमा यस क्षेत्रको सडकलाई रमाईलो बनाएका छन् ।

यो वर्षभरिनै वोलवम मेला तथा जलार्पणको रजत महामहोत्सव कार्यक्रम आयोजना गरिएको छ । यसमा करिव १५ लाख भक्तजन सहभागी हुने अपेक्षा लिइएको प्रचार समितिका सहसंयोजक प्रदिप विकले बताए । गतवर्षको मेलामा १० लाख सहभागी भएका थिए ।

रजत महोत्सवमा धामको हुलाक टिकट र सिक्का प्रकाशन, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर कार्यक्रम पनि गरिनेछ । हुलाक टिकट सूचना तथा सञ्चार मन्त्रालयले स्विकृत गरी प्रकाशनको क्रममा छ । सिक्काको लागी अर्थमन्त्रालय र राष्ट्र बैंकमा निवेदन पेश गरिएको धाम समितिले जनाएको छ ।
मेलामा चितवनदेखि दाङसम्मको तराई ईलाका र पाल्पा, गुल्मी, अर्घाखाँची पहाडी क्षेत्रका धेरैजसो भक्तजन सहभागी हुन्छन् । भारतको उत्तर प्रदेश र विहारबाट पनि भक्तजन आउँछन् । फुटकर रुपमा मुलुकको धेरैजसो भागबाट भक्तजन आउँछन् । २०४९ सालदेखि यो मेला शुरु भएको हो ।



यसै मेलाबाट प्रभावित भएर पशु्पतिनाथ लगायत मुलुकका अन्य शिवालयहरुमा वोलवम मेलाको पुनर्जागरण भएको धामका संरक्षक व्यासाचार्य किशोरकुमार गौतमले बताए ।

‘मुलुकमा वोलवम श्रावणी जलार्पण मेलाको पुनर्जागरण पर्रोहा वोलवम धामले ल्याएको हो, त्यसअघि भक्तजन यस्तो मेला भर्न भारतको वैजनाथ धाम जान्थे' आचार्य गौतमले भने ।

पर्रोहा बुद्धकालका पाँच ठूला शहरमध्ये एक मानिन्छ । यो धामको ज्योर्लिङ्ग पनि प्राचिन मानिएको छ । कालक्रममा शहर नष्ट भएकाले जंगलविचमा रहेको ज्योतिर्लिङ्गलाई रमेश गिरी नागाबाबाले २०३५ सालमा प्रकाशमा ल्याएका थिए । त्यसपछि मन्दिर बनाई संरक्षण र प्रवद्र्धन गरियो ।
मन्दिरको प्रवद्र्धनसंगै पूर्वाधार विकास र बसाई सराई तिव्र भयो ।

हेर्दाहेर्दै डेढदशकमै पिछडिएको गाउँ नगरपालिका बनेको देख्दा आफूलाई अचम्म लागेको धाम समितिका अध्यक्ष एवं पर्रोहा गाविसका पूर्व अध्यक्ष रामवली चौधरीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.