ग्लोबल आइएमई बैंक र एनओसीबीच सम्झौता

ग्लोबल आइएमई बैंक र एनओसीबीच सम्झौता

काठमाडौंः ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार ब्राजिलको राजधानी रियो द जेनेरियोमा सञ्चालन हुने ओलम्पिक २०१६ मा सहभागिता जनाउने खेलाडीका लागि आवश्यक पर्ने जर्सी, ट्रयाकसुटलगायतका सामग्री बैंकले प्रायोजन गर्ने भएको छ ।

सम्झौतामा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एवं व्यवसाय प्रवद्र्धन विभाग प्रमुख प्रसन्न बास्कोटा तथा ओलम्पिक कमिटीको तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले ओलम्पिकमा सहभागिता जनाउने राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षक, टिम म्यानेजरलाई जर्सी, टिसर्ट, क्याप, ट्रयाकसुट तथा स्पोर्ट किट प्रायोजन गर्नेछ ।

ग्लोबल आईएमई बैंकले खेलकुदको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने खेलाडीलाई प्रोत्साहनस्वरूप जर्सी तथा स्पोर्ट किट प्रायोजन गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.