डाबर स्पेसल तीज महोत्सव हुने

डाबर स्पेसल तीज महोत्सव हुने


काठमाडौंः महिला सिर्जनशील केन्द्रले डाबर स्पेसल तीज महोत्सव गर्ने भएको छ ।

नेपाली महिलाको विशेष पर्व तीजका अवसरमा त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको तल्लो तलामा आउँदो साउन २७ देखि ३१ गतेसम्म महोत्सव गर्न लागिएको हो । केन्द्रले १५ वर्षदेखि तीज महोत्सव गर्दै आएको छ ।

डीईसीसी नेपाल प्रालिको व्यवस्थापनमा तीज महोत्सव हुन लागेको आयोजक संस्थाले जनाएको छ । महोत्सवको मुख्य प्रायोजक डाबर स्पेसल हेयर ओयल रहेको छ ।

तीजका लागि आवश्यक सामाग्री, हस्तकला, साडी, कुर्ता, गिफ्ट सामाग्री, मेहन्दी, घरायसी सामानलगायत ९० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा निशुल्क प्रवेश छ । महोत्सवमा ४० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.