अज्ञात रोगका कारण म्यान्मारमा तीसको निधन

अज्ञात रोगका कारण म्यान्मारमा तीसको निधन

यांगुनः म्यान्मारको उत्तरपश्चिम क्षेत्रमा असारको सुरुवातादेखि फैलिएको अज्ञात रोगका कारण ३० जना बालबालिकाको मृत्यु भएको यहाँका अधिकारीले बिहीबार बताएका छन् ।
स्थानीय प्रशासक काय साईले दुई महिनादेखि यो समस्या देखिएको र अहिलेसम्म सरकारबाट कुनै किसिमको सहयोग नपाएको बताएका छन् ।
यांगुनबाट १ हजार ३ सय किलोमिटर टाढा रहेको नागा क्षेत्रका न्यानहुन र लाहे नगरमा अज्ञात रोगका कारण यति धेरै संख्यामा बालबालिकाको मृत्यु भएको हो ।
भारतीय नागाल्यान्ड राज्यसँग जोडिएका यी क्षेत्र म्यान्मारका अति गरिब समुदायको बस्ती हो । स्थानीय प्रशासक साईका अनुसार मृत्यु हुनेमा अधिकांश पाँच वर्षमुनिका बालबालिका रहेका छन् ।
स्वास्थ्य अधिकारीहरूले बालबालिका कुन रोगका कारण मृत्यु भएको भन्ने कुरा यकिन गर्न नसकेको र केन्द्रबाट उक्त इलाकामा रोग नियन्त्रण गर्न कुनै सहयोग नआएको साईले बताए। अज्ञात रोगको प्रकृति हेर्दा संक्रामक भएको बताइए पनि अहिलेसम्म पत्ता लागेको छैन ।

 

स्वास्थ्य अधिकारीले रगतका नमुना परीक्षणका लागि छिमेकी सागाइङ क्षेत्रस्थित एक अस्पतालमा पठाइए पनि रिपोर्ट नआइपुगेको बताए । स्थानीयका अनुसार स्वास्थ्य मन्त्रालय वा संक्रामक रोग नियन्त्रण विभागले प्रकोप नियन्त्रणप्रति अहिलेसम्म कुनै पहल गरेको छैन ।

स्थानीय प्रशासनले रोग प्रभावित क्षेत्रका मानिसलाई रोगको थप क्षेत्रमा प्रभाव नहोस् भनी अन्य गाउँमा नजान आग्रह गरेको छ । नागा क्षेत्र म्यान्मारको अति कम विकसित इलाका हो र यहाँ आधारभूत स्वास्थ्य, शिक्षा र भौतिक संरचनालाई बेवास्ता गरिएको छ ।

लाहे नगरको प्रतिनिधित्व गर्ने स्थानीय सांसद लव योनले त्यस क्षेत्रमा यातायात, स्वास्थ्यकर्मी र औषधिको अपर्याप्तताका कारण प्रभावित हुँदै आएको बताएका छन् । विकटता र पछौटेपनका कारण यहाँका नागरिकको सामान्य उपचारबाट निको हुने रोगबाट पनि जीवन गुमाउने गरेका उनको भनाइ थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.