नेविसंघको विवाद मिल्यो, बुधबार मतदान हुने
काठमाडौं: नेपाल विद्यार्थी सङ्घको ११आैं महाधिवेशनको प्रतिनिधिका बारेको विवाद मिलेको छ ।
फर्जी प्रतिनिधि खारेज गर्ने विषयमा सहमति भएपछि विवाद मिलेको नेविसङ्घका प्रवक्ता युपी लामिछाने जानकारी दिए। नेताहरुले महाधिवेशनमा फर्जी प्रतिनिधि रहेको भनी असहमति जनाइएको थियो।लामिछानेका अनुसार विवाद मिलेपछि रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ।
अब मङ्गलबार गर्ने भनिएको मतदान बुधबार हुने र उम्मेदवारको मनोनयनको समय थप गरिएको छ । उहाँका अनुसार उम्मेदवारको मनोनयन मङ्गलबार बिहान ११ बजेसम्म राखिएको छ। यही साउन २३ गते भृकुटीमण्डपमा उद्घाटनपछि महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको थियो। रासस
प्रतिक्रिया दिनुहोस !